जसले जे सुकै भनुन् र जो - TopicsExpress



          

जसले जे सुकै भनुन् र जो सुकैले जेसुकै कारणका लागि गरेका किन नुहुन्, बन्दको ज्यान गए समर्थन गरिंदैन। त्यसैले गभ्भीर प्रकृतिको क्यानसरबाट ग्रस्त श्रद्धेय साहित्यकार जगदिश घिमिरले आज नागरिक दैनिकमा लेखेको शक्तिशालि कविताको दुई अंश श्यर गरियो। भद्र विमति स्वीकारिने छ। तथानाम लेख हटाइने छ। कविताका यस्तो छ: हे बन्दका प्रभुहरू ! तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस् बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर अकालमा मर्नु परोस् ! किमोथेरापी गर्न जाने दिनहरूमा बन्द होस् बेलामा उपचार नपाएर अकाल मृत्यु होस् ! ...हे बन्दका प्रभुहरू ! बन्दकै दिन तिम्रो अचानक हार्ट अट्याक होस् तिमीहरूले ओढार-बगरमा बस्न वाध्य पारेका निमुखा जनता जस्तै तिमी पनि अस्पताल पुग्न नसकेर अकालमा कालको मुखमा पर्नु परोस् !
Posted on: Sun, 08 Sep 2013 06:18:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015