जहाज भाडा शतप्रतिशत - TopicsExpress



          

जहाज भाडा शतप्रतिशत वृद्धि ८ साउन, काठमाण्डौं । नेपालमा उडान गर्ने सबैजसो अन्तर्राष्ट्रिय विमान कम्पनीले एक वर्षयता २ देखि शतप्रतिशतसम्म भाडा बढाएका छन् । सबैभन्दा धेरै यात्रु चाप हुने खाडी मुलुकका कम्पनीहरु भाडा बढाउनेमा अग्रणी देखिएका छन् । qatar गत वर्ष खाडीतर्फ उडान भर्ने कम्पनीले सस्तोमा १८ हजार रुपैयाँ (एकतर्फी) लिएका थिए । यो वर्ष बढाएर २७ हजार पुर्याएका छन् । यो ५० प्रतिशतको वृद्धि हो । हाल खाडी मुलुकका इत्तेहाद, फ्लाई दुबई, एयर अरेबिया, र्याक र कतार एयरवेजले नेपालमा उडान गरिरहेका छन् । आउँदो पर्यटकीय सिजनका लागि अधिकांश विमान कम्पनीका टिकट बुकिङ भइसके पनि भाडा बढेको ट्राभल एजेन्सीहरुले बताएका छन् । सेप्टेम्बरपछिका तीन महिनामा पर्यटकीय चाप बढ्ने भएकाले करिब ६ महिना अघिदेखि नै टिकट बुकिङ हुने गरेका छन् । विदेशी पर्यटकको चापसँगै नेपालीको बढ्दो विदेश पलायन, अमेरिकी डलरको अस्वाभाविक वृद्धि तथा माग र आपूर्तिबीचको असन्तुलनले जहाज भाडा बढेको व्यवसायीहरुले बताएको कारोबार दैनिकमा खबर छ । बढेको भाडा अनुसार खाडी मुलुक जान अब २७ हजार पर्नेछ, गत बर्ष भने १८ हजार रुपैयाँ मात्र थियो । त्यस्तै चीन जान ३२ हजार तिर्नुपर्नेछ, गतबर्ष २४ हजार रुपैयाँ थियो । त्यस्तै युरोप जान अब ७० हजार तिर्नुपर्ने भएको छ, गत बर्ष ५५ हजार रुपैयाँ मात्र थियो । त्यस्तै अमेरिका जान ९० हजार तिर्नुपर्ने भएको छ, गतवर्ष अमेरिका जाने भाडा ६९ हजार थियो । भारत जाने सतप्रतिशत बढेर ८ हजारबाट १६ हजार पुगेको छ भने मलेसिया जाने भाडा भने २४ हजारमा कुनै वृद्धि नभएको ट्राभल व्यवसायीले दिएको तथ्यांकमा उल्लेख छ ।
Posted on: Tue, 23 Jul 2013 03:47:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015