झापा आन्दोलनका योद्धा - TopicsExpress



          

झापा आन्दोलनका योद्धा दिलबहादुरले गरे आत्मत्या २०७० असोज ५ गते १२:५१ मा प्रकाशित ५ असोज, झापा । झापा आन्दोलनका योद्धा हर्क खड्काका भाइ दिलबहादुर खड्काले रुखमा झुण्डिएर आत्महत्या गर्नुभएको छ । शुक्रबार राति खुदुनाबारी गाविसको ताङसिङ खोलामा खयरको रुखमा झुण्डिएको अवस्थामा दिलबहादुरको शव फेला परेको स्थानीयले जानकारी दिएका छन् ।एमाले नेताहरुले सञ्चालन गरेको तत्कालीन झापा आन्दोलनका बेला प्रहरीको धरपकडमा परी लामो समय जेल बसेका खड्का आर्थिक कारणले श्रीमतीसँग झगडा परी घरबाट हिाडेको र भाङबारीको वृक्षारोपणमा मृत अवस्थामा भेटिएको स्थानीयवासीले बताए ।स्मरण रहोस् यसअघि झापा आन्दोलनका अर्का योद्धा डेकेन्द्र राजवंशीले एमाले मुख्यालय बल्खुमै आत्महत्या गर्नुभएको थियो । छोरालाई जागिर खुवाउन नसकेकोमा राजवंशीले आत्महत्या गरेको केही समयपछि डेकेन्द्रका छोरालेसमेत बिर्तामोडमा आत्महत्या गर्नुभएको थियो । त्यस्तै सेनाद्वारा बेपत्ता पारिएका झापाका माओवादी नेता चतुरसिंह राजवंशीका बुबाले पनि अघिल्लो वर्ष आत्महत्या गर्नुभएको थियो ।
Posted on: Sat, 21 Sep 2013 09:17:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015