झडपका गम्भीर घाइतेलाई - TopicsExpress



          

झडपका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौ लगियो बाग्लुङ, मंसिर १ – बाग्लुङको हुग्दिशिरमा शुक्रबार एकीकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाबीच भएको झडपमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि काठमाडौ लगिएको छ । झडपमा घाइते भएका पूर्व सभासद् राष्ट्रिय जनमोर्चाकी मिना पुन, मिनबहादुर पुन र रेमबहादुर पुनको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । पुर्व सभासद पुनको टाउकोमा गहिरो चोट लागेकाले होश खुल्न सकेको छैन भने अन्य दुई जनाको हातमा खुकुरीको गम्भीर चोट लागेको छ । झडपमा जनमोर्चाकै प्रेम थापा, इन्द्र पुन, मोहन पुन, खड्कबहादुर बस्याल र एकीकृत माओबादीका राज्य समितिका सदस्य चिनिमाया काला पनि घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचाररत पुन सहित गम्भीर घाइतेहरुलाई शुक्रबारनै काठमाडौ पठाउने तयारी भएपनि हेलिकप्टर अवतरण हुन नसकेर फर्किएको थियो । त्यसपछि नाइट भिजन हेलिकप्टर ल्याउन प्रयास गरिएपनि सफल नभएपछि शनिबार बिहान हेलिकप्टर ल्याएर काठमाडौ पठाइएको प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । चुनाव प्रचारमा रहेका राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि एमाओवादी कार्यकर्ताले आक्रमण गरेका राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले बिज्ञप्ति निकालेर घटनाको तत्काल छानवीन गरी दोषीलाइ कारबाहीको माग गरेको छ ।
Posted on: Sat, 16 Nov 2013 09:19:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015