टाउकोमा गोली लागेका - TopicsExpress



          

टाउकोमा गोली लागेका आलमको स्वास्थ्य अवस्था स्थिर २१ असोज, काठमाण्डौं । अज्ञात समूहको गोली लागि घाइते भएका बारा क्षेत्र नम्बर ४ का एमाले उमेद्वार महम्मुद आलमको स्वास्थ अबस्था अझै स्थिर रहेको छ । उनको स्वास्थ्यमा आज पनि कुनै सुधार आउन सकेको छैन । टाउकोमा गोली लागि शल्यक्रिया गरिएका उनको मस्तिष्कले अहिले सम्म काम नगरेको चिकित्सकहरुले बताएका छन् । आलमको उपचारका लागि विगत ४ दिनदेखि बरिष्ठ न्युरो सर्जन गोपाल सेढाँईलगायत तीन सदस्यीय चिकित्कको टोलीले उपचार गरिरहेको छ । आलमलाई गत शुक्रबार अज्ञात हतियारधारी समहूले गोली हानेको थियो । घटनाको विरोध गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न मागसहित एमाले कार्यकर्ता तथा बाराबासीहरुले प्रदर्शन गरिरहेका छन् ।
Posted on: Mon, 07 Oct 2013 04:13:07 +0000

Trending Topics



Recently Viewed Topics




© 2015