ढोका फोडेर घरबेटीनै पुगे - TopicsExpress



          

ढोका फोडेर घरबेटीनै पुगे बलात्कार गर्न.. २६ साउन, बाग्लुङ। बाग्लुङमा आफ्नै घरमा भाडामा बस्ने युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा एकव्यक्ति प्रकाउ परेका छन । बाग्लुङ ३ का ६८ वर्षिय शेरबहादुर शेरचनले राती सुतिरहेको समयमा ढोका फोडेर २३ वर्षिय युवतीलाई बलात्कारको प्रयास गरेकाथिए। तीन भतिजा र भतिजीसंग सुतिरहेको बेला ढोका फोडेर भित्र पुगेका शेरचनले आफू घरबेटी भएकाले केही हुँदैन, भनेजति पैसा दिन्छु भन्दै जबरजस्ती लुगा फुकाल्ने प्रयास गरेको पिडित युवतीले बताइन्। युवति चिच्चाएपछि भतिजा, भतिजी ब्युँझिएको र हल्लाखल्ला भएपछि शेरचन भागेका थिए। युवतीले प्रहरीलाई खवर गरेपछि शेरचनलाई प्रहरीले प्रकाउ गरि अनुसन्धान जारी राखेको छ। शेरचन ब्रिटिश लाहुरेका पेन्सनर हुन।
Posted on: Sat, 10 Aug 2013 10:51:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015