ताजा अपडेट अहिले सम्म - TopicsExpress



          

ताजा अपडेट अहिले सम्म देस भर कहाँ के भय कति मत खसे पुरा हेर्नुहोस ======================================== ६० प्रतिशत मत खस्यो देशभर अहिलेसम्म ६० प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन शान्ति पूर्ण रुपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म रसुवामा ६० प्रतिशत मत खसेको छ । त्यसैगरी बैतडी जिल्लामा ५० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा ५० प्रतिशत बढी मतदान कास्की जिल्लामा दिउँसो २ बजेसम्म ५५ प्रतिशत बढी मतदान भएको छ । जिल्लाका ४ वटै चुनावक्षेत्रमा ९५ हजार बढी मतदाताले भोट हालिसकेको जिल्ला निर्वाचन अधिकारी घनश्याम भण्डारीले बताउनुभयो । कास्की जिल्लाका सबै मतदान केन्द्रमा अहिलेम्म शान्तिपूर्ण मतदान जारी छ । दाइको नाममा भोट हाल्ने भाइ पक्राउ कैलालीको साढेपानी ५ मा नक्कली मतदाता पक्राउ परेका छन् । दाईको नाममा मतदान गर्न जाने १७ वर्षका रोहित चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचनको अनुगमनका क्रममा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चौधरीलाई पक्राउ गरेको हो । महिला र बालबालिकाले फुटाए मतपेटिका त्रिभूवन उच्च माध्यमिक विद्यालय झारजला मतदान केन्द्रमा महिला र बालबालिले मतपेटिका फुटाएका छन् । जुलुससहित मतदान केन्द्रमा पसेका महिला र बालबालिकाहरूले मतपेटिका फुटाएका हुन् । घटनापछि यो मतदान केन्द्र सेनाले नियन्त्रणमा लिइसकेको छ । देशभरि ५० प्रतिशत मतदान सम्पन्न बिहान ७ बजे सुरु भएको संविधानसभा निर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरु उत्साहका साथ लाइनमा लागेर मतदान गरेको आयोगले जनाएको छ । मुस्तांगमा १ हजार १ सय २२ जनाले मतदान गरेका छन् । त्यस्तै धादिङ्गमा ५० प्रतिशत मतदानको कार्यसम्पन्न भएको छ । काभ्रे, झापा र नुवाकोटमा ६० प्रतिशत मतदान सम्पन्न भएको छ भने रुपन्देहीमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । संविधानसभा निर्वाचनको नतिजा फरकः ओली नेकपा एमालेका नेता केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने बताउनुभएको छ । बालकोटमा मतदान गरिसकेपछि नेता ओलीले यस पटकको संविधानसभा निर्वाचनको नतिजा पहिलेको भन्दा फरक आउने र संविधान पनि पहिले अपेक्षा गरेको भन्दा फरक किसिमको बनाउने दाबी गर्नुभएको छ । ओली झापा क्षेत्र नम्बर ७ को उम्मेद्वार भएपनि आफ्नो मतदाता नामावली यतै रहेकाले आज विहान मात्रै काठमाण्डौं आएर बालकोटमा मतदान गर्नुभएको हो । अर्धकट्टीसहितको मत खस्यो कैलालीको क्षेत्र नम्बर ४ स्थित मसुरिया मतदान केन्द्रमा अर्धकट्टीसहितको मतपेटिकामा मत खसेको छ । उक्त मतदान केन्द्रमा २ सय भन्दा बढी अर्धकट्टीसहितको मत खसेको हो । निर्वाचन आयोगका कर्मचारीले अर्धकट्टीमा औठाछाप लगाइ आफैंसँग राख्ने गर्दछन् । मसुरियामा भने औठाछापसहितको मतपत्रमा मत खसेको छ । पर्वतको ठूलीपोखरी मतदान केन्द्रमा हवाई फायर पर्वतको ठूलीपोखरी गाविसको मतदान केन्द्रमा एमाओवादी र मतदान कर्मचारीबीच विवाद भएपछि मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । घटनास्थलमा विवाद उत्पन्न भएपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । पर्सामा कांग्रेस र फोरम नेपालबीच झड्प पर्सामा कार्यकर्तालाई पैसा बाँडेको विषयलाई लिएर कांग्रेस र फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ । पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत कौवावनवटैया बुथमा दुई पक्षबीच झडप भएको हो । झडपमा परी एक जना घाइते भएका छन् । वैद्य माओवादी कार्यकर्ताले मतपेटिका नदीमा फाले नेकपा-माओवादीका कार्यकर्ताद्वारा जुम्लाको झारज्वाला मतदान केन्द्रको मतपेटिका खोसेर तिला नदीमा बगाइदिएका छन् । मतदान प्रकृया जारी रहेका बेला आएका वैद्य माओवादीका कार्यकर्ताहरुले मप पेटिका खोसेर तिला नदीमा बगाइदिएपछि सो केन्द्रको मतदान कार्यक्रम स्थगित भएको छ । दार्चुलामा १ सय १० वर्षकी वृद्धाको मतदान दार्चुलाको एयरकोट गाविस ४ बस्ने १ सय १० वर्षकी वृद्धा मैनादेवी महतोले मतदान गर्नुभएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा जारी रहेको र अहिलेसम्म करिब ७५ प्रतिशत मत खसिसकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भक्तपुरमा ५० प्रतिशत मत खस्यो भक्तपुरमा मध्यान्ह १२ बजेसम्म ५० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७५ वटा मतदान केन्द्रमा मतदाताहरूको सहभागिता उत्साहजनक रहेको बताइएको छ । हुम्लाको एक मतदान केन्द्रमा मतदाता आएनन् कर्णालीको हुम्लामा एउटा मतदान केन्द्रमा बाहेक अन्य सबैमा मतदान प्रकृया जारी रहेको छ । श्रीनगर गाविसको कल्चे मतदान केन्द्रमा अहिलेसम्म मतदान प्रकृया सुरू भएको छैन् । नेकपा माओवादी कार्यकरताले बहिष्कार अभियान सफल बनाउन कडिकडाउ गरेपछि दलहरुका एजेण्ट समेत नबस्दा मतदाताहरु पनि मतदान गर्न नआएका हुन् । सर्लाहीमा पनि भोट हालेर फर्केका वृद्धको मृत्यु मतदान गरेर फर्केका एक वद्धको सर्लाहीमा मृत्यु भएको छ । सर्लाहीको भक्तिपुर मतदान केन्द्रमा मतदान गरी फर्केका स्थानीय ८० वर्षका सिताराम शाहको मृत्यु भएको हो । मध्यान्हसम्ममा करिव ४० प्रतिशत मतदान अहिलेसम्म देशभरि ४० प्रतिशत मत खसेको सरकारले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिएको जानकारी अनुसार सबैभन्दा बढी इलाममा ५५ प्रतिशत मत खसेको छ । त्यस्तै धनकुटामा मध्यान्हसम्म करिव ५० प्रतिशत मतदान भएको छ । त्यसैगरी रामेछापमा पनि सोही हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा जिल्लामा पनि मध्यान्हसम्ममा करिव ४५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाकारी दिएको छ । मतदान रोकिएको छैनः गृह मन्त्रालय मतदान प्रकृया शुरु भएको ५ घण्टा हुन लाग्दा देशभर शान्तिपूर्ण वातावरणमा मतदान प्रकृया जारी रहेको गृहमन्त्रालयले जनाएको छ । कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री माधव घिमिरेले तीनवटै सुरक्षानिकायका प्रमुखहरूसँग निर्वाचनको सुरक्षाव्यवस्थाबारे जानकारी लिएपछि मतदान प्रकृया शान्तिपूर्ण भइरहेको जानकारी दिनुभएको हो । प्रचण्डले चितवनमा मतदान गर्नुभयो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विहान ११ बजे चितवनको भरतपुर नपाको लंकस्थित लक्ष्मी उच्च मावि केन्द्रमा बिहान ११ बजे मतदात गर्नुभएको छ । अध्यक्ष दाहालले चितवन क्षेत्र नं. ३ अन्तरगतको यो मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । दाहाल काठमाडौं क्षेत्र नं. १० र सिरहा क्षेत्र नं. ५ बाट उम्मेदवार हुनुहन्छ ।prachanda-voting-in-chitwan खुकुरी प्रहारबाट एमाले पूर्व सभासद घाइते दोलखाको ठूलोपातल मतदान केन्द्रमा मतदानका विषयमा झडपका क्रममा खुकुरी प्रहार गरिंदा एमालेकी पूर्व सभासद शान्ति पाख्रिन गम्भीर घाइते भएकी छन् । एमाओवादी र कांग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको पाख्रिनले बताउनुभयो । खुकुरी प्रहार गर्ने ५ जनालार्इ नेपाली सेनाको सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ । घटनापछि अवरूद्द मतदान प्रकृया २ घण्टापछि सुचारु भएको थियो । मतदान गरेर फर्केका दुई बृद्धको मृत्यु मतदान गरेर फर्कने क्रममा दैलेखको नारायण नगरपालिका-६ का ७२ वर्षीय राजाराम न्यौपाने र पर्साको वीरगञ्ज-१५ का ७३ वर्षीय गौरीशकंर मानन्धरको मृत्यु भएको छ । रौतहटमा फोरम नेपाल र एमाओवादी कार्यकर्ताबीच झडप रौतहट क्षेत्र नम्बर ३ स्थित कोठीयाही मतदान केन्द्रमा बुथ कव्जा गर्ने क्रममा मधेसी जनाधिकार फोरम नेपाल र एकीकृत माओवादीका कार्यकर्ताबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ । प्रचण्डको चुनाव क्षेत्रमा अन्य दलका मतदातालाई भोट हाल्न अवरोध एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उठ्नुभएको सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का तीनवटा मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताहरूले अन्य दलका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेका छन् । एकीकृत माओवादीका कार्यकर्ताहरूले अन्य पार्टीका कार्यकर्ताहरूलाई प्रवेश गर्न नदिएर एमाओवादीका कार्यकर्ताईमात्र भोट हाल्न दिएको विपक्षीको आरोप छ । समाचार संकलन गर्न नपाएपछि पत्रकार धर्नामा समाचार संकलन गर्न नदिएको भन्दै दाङका सञ्चारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय दाङ अगाडि धर्ना दिएका छन् । मतदान केन्द्रमा पुगेर समाचार संकलन गर्न प्रहरीले रोक लगाएपछि सञ्चारकर्मीहरु धर्नामा बसेका हुन् । ओली मतदानका लागि झापाबाट भक्तपुरमा एमाले नेता केपी शर्मा ओली मतदानका लागि झापाबाट काठमाडौं आउनुभएको छ । झापा क्षेत्र नं. ७ बाट उम्मेदवार हुनुभएका नेता ओलीको मतदाता नामावली भक्तपुरको बालकोटमा रहेको छ । मत हाल्नैका लागि आफ्नो चुनावक्षेत्र छोडेर मतदान गर्नैका लागि वहाँ काठमाडौं आउनुभएको हो । वैद्य माओवादीले मतपत्र खोस्ने क्रममा १४ जना घाइते दैलखको चामुण्डाको हाडाकोतस्थित मतदान केन्द्रमा वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुट्ने क्रममा भएको भागदौडमा १४ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेर मतदान केन्द्रमा खटेका एकजना कर्मचारी घाइते भएका छन् । भोजपुरमा बम राखेर अवरोध प्रयास भोजपुर विभिन्न गाविसका मतदान केन्द्रहरूमा विस्फोटक पदार्थ राखेर निर्वाचनमा अवरोधप्रयास भएको छ । जिल्लाको उतरी मूलपानी गाउँ विकास समितिस्थित कृषि भवन मतदान केन्द्र नजिकै सकेट फेला परेको छ । मतदाता त्रसित पार्न राखिएको सकेटबम प्रहरीले हटाएको छ । भोजपुरकै उतरी कुदाककाउले र चौकीडाँडा गाविसका मतदान केन्द्र जाने बाटोमा राखिएका शंकास्पद वस्तु चुनावी सुरक्षामा खटिएका सुरक्षाकर्मीले हटाएक छन् । भोजपुर प्रहरी प्रमुख नान्तीराज गुरूङले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण वातावरणमा मतदानप्रकृया चलिरहेको बतउनुभएको छ । जनमोर्चा अध्यक्ष केसीद्वारा मतदान राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ जिल्लाको मल्म-२ स्थित लक्ष्मीनारायण प्राथमिक विद्यालयको मतदान केन्द्रबाट केहीबेर अघि मतदान गर्नुभएको छ । बझाङको पाटादेवलमा मतदान सुरू बझाङ जिल्लाको क्षेत्र नम्बर १ स्थित पाटादेवल उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा केहीबेरअघिबाट मतदान प्रकृया शुरू भएको छ । सो मतदान केन्द्रमा सेना र प्रहरीको थप टोली हेलिकोप्टरबाट पठाएर सुरक्षाव्यवस्था कडा बनाइएपछि मतदान सुरु भएको हो । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूबीत गयरातिबाट भएको झडपले स्थिति तनाबग्रस्त भएपछि सो केन्द्रमा निर्धारित समयमा मतदान सुरू हुन सकेको थिएन । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा एमालेको तीनजना कार्यकर्ता घाइते भएका थिए । बोगटीले गरे मतदान एकीकृत माओवादीका नेता एवम् नुवाकोट क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार पोष्टबहादुर बोगटीले पनि मतदान गर्नु भएको छ । बोगटीले आफ्नो जन्मथलो तुप्चे २ स्थित चण्डेश्वरी उमाविको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो । बाँकेमा सय वर्षमाथिका पति पत्नीले मतदान गरे बाँके जिल्लाको सीतापुर गाविस-५ गौघाट निवासी ११२ वर्षीय प्रताप विष्ट र उहाँकी पत्नी मोती बस्नेतले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुरासपुर मतदान केन्द्रबाट भोट लगाउनुभएको छ । छोरा रामबहादुर बस्नेतको सहयोगमा साइकलमा मतदान केन्द्रसम्म पुगेर दुवैजनाले मतदान गर्नुभएको हो । भक्तपुरको ब्यासीमा मतदान सुरु हुन सकेन भक्तपुरको शारदा उच्चमावि ब्यासी मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । एमाओवादी र नेमकिपावीच एजेन्टको राख्ने विषयमा विवाद भएपछि मतदान सुरु हुन नसकेको हो । राजेश हमालले भने- खेर नजाओस् नायक राजेश हमालले लैनचौरको शान्ति बिद्यागृह मतदान केन्द्रमा मतदान गरेपछि भने- ‘म लगायत सम्पूर्ण नेपालीहरुको यसपटकको हाम्रो मत खेर नजावोस, मुलुकले संबिधान पाओस् ।’rajesh-1 वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुटे दैलेख क्षेत्र नं. २ को चामुन्डा हाडाकोतस्थित मतदान केन्द्रबाटै वैद्य माओवादीका कार्यकर्ताले केहीबेर अघि मतपत्र लुटेका छन् । मतपत्र लुटिएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेका छन् । मतपत्र लुटिएपछि सो मतदान केन्द्रको स्थिति तनावग्रस्त बनेको छ । एमाले सचिव शंकर पोख्रेलद्वारा मतदान एमालेका सचिव शंकर पोख्रेल एवम् दाङ क्षेत्र नम्बर ४ का प्रत्यक्ष उम्मेदवार शंकर पोख्रेलले मतदान गर्नु भएको छ । उहाँले विहान साढे ७ बिजौरीस्थित आयुवेद क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो । गगन थापाको भोट नेपाली काँग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४मा उमेद्वार रहुनभएका गगन कुमार थापाले काठमाडौ मैतिदेबीस्थित मतदानकेन्द्रमा मतदान गर्नुभएको छ। बिहान सवा ८ बजे थापाले मतदान गर्नुभएको हो । मतदान गरेपछि संवाददाताहरुसँग कुरा गर्दै काठमाडौं चारको निर्वाचन परिणामले काठमाडौंका मतदाता शान्ति स्थिरताको पक्षमा तथा हिंसाको विपक्षमा रहेको पुष्टी गर्ने विश्वास व्यक्त गर्नुभयो। मतदान गर्नु जानुअघी थापालाई छोरी गार्गी लगायतका परिवारले शुभसाइत गरेर पठाउनुभएको थियो। देशभरी मतदानप्रकृया शान्तिपूर्ण मंगलबार विहान सात बजेदेखि सुरु संविधानसभाको दोस्रो निर्वाचनमा साढे ८ बजेसम्म मतदान प्रकृया शान्तिपूर्ण रहेको छ । विहानै देखि मतदान केन्द्रमा मतदाताहरूको लामो लाइन लागेको छ । देशका केही मतदान केन्द्रमा मतदान प्रकृया सुरू हुन नसकेपनि देशभरका अन्य मतदान केन्द्रमा मतदान शान्तिपूर्णरूपमा चलिरहेको नेपाल प्रहरीले जनाएको छ । झलनाथ खनालद्वारा फिक्कलबाट मतदान एमालेका अध्यक्ष झलनाथ खनालले फिक्कलबाट मतदान गर्नुभएको छ । उहाँ इलामको क्षेत्र नम्बर एक कै उम्मेद्वार हुनुहुन्छ भने आफ्नै उम्मेद्वारी भएको क्षेत्रबाट खनालले मतदान गर्नुभएको हो । कांग्रेस महामन्त्री सिटौलाद्वारा चन्दगढीमा मतदान नेपाली काँग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर ३ का प्रत्यक्षतपर्फका उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा २ नम्बर क्षेत्रको चन्द्रगढी मतदान केन्द्रवाट मतदान गर्नु भएको छ । सिटौलाले केहीबेरअघिमात्रै चन्द्रगढी मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो । मन्त्रिपरिषद अध्यक्ष रेग्मीद्वारा मतदान चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बानेश्वर हाईटस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वहाँले केहीबेर अघि मतदान गर्नुभएको हो । कमल थापाद्वरा मतदान राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडास्थित पिप्लेको बालज्वती उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रोल्पाको थवाङमा मतदान सुरू हुन सकेन चुनाव बहिस्कार अभियानमा रहेका वैद्य माओवादीका कार्यकर्ताहरूले रोल्पाका केही गाविसका मतदान केन्द्रहरूमा मतदान प्रकृयामा अवरोध गरेका छन् । वैद्य माओवादीको बलियो पकड रहेको थवाङमा विहान ८ बजेसम्म मतदान प्रकृया अझै सुरू हुन सकेको छैन । मतदानप्रकृया सुरू गराउन छलफल र वार्ता भएपनि थवाङस्थित मतदान केन्द्रमा एकजना पनि भोट हाल्न नपुगेका हुन् । रोल्पाका विभिन्न गाविसमा मतदान प्रकृया अवरोध गर्ने प्रयास भएपछि ती क्षेत्रमा थप सेना प्रहरी परिचालन गरिएको छ । बझाङ १ को पाटादेवल केन्द्रमा मतदान हुन सकेन कांग्रेस र एमाले कार्यकर्ताबीच गयराति झडप भएको बझाङ क्षेत्र नं. १ को पाटादेवल मतदान केन्द्रमा अझै मतदान शुरु हुन सकेको छैन । विहान ७ बजेबाट शुरु गरिनुपर्ने मतदान प्रकृया दुई पार्टीका कार्यकर्ताबीचको झडप साम्य भइनसकेकाले मतदान सुरु हुन नसकेको हो । कार्टरद्वारा भक्तपुरका मतदान केन्द्र अवलोकन संविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपालमा रहनुभएका अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर बिहान ७ बजेदेखि भक्तपुरका विभिन्न मतदान केन्द्रमा चुनावी गतिविधिको अवलोकन गरिरहनुभएको छ । कार्टरले भक्तपुर नपा वडा नं. १३ र १५ को गतिविधि अवलोकन गर्नुभएको हो । karter कार्टरले गरेको अवलोकन हेर्नुहोस् कांग्रेस उपसभापति पौडेलद्वारा मतदान कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयको ख केन्द्रबाट मतदान गर्नुभएको । वहाँले पहिलो मतदाताका रुपमा सो केन्द्रबाट विहान ७ बजे मतदान गर्नुभएको हो । स्याङ्जामा तीन मतदान कर्मचारीलार्इ कारबाही स्याङ्जाको जनता मावि खुलाडिही मतदान केन्द्रमा खटिएका तीन कर्मचारीले पार्टी कार्यकर्तासँग साँठगाँठ गरेको आरोपमा कारबाही स्वरुप फिर्ता बोलाइएको छ । निलकण्ठ उप्रेतीद्वारा बानेश्वरमा मतदान निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सहकारी प्रशिक्षण केन्द्र बानेश्वरमा रहेको मतादन केन्द्रबाट विहान ७ बजे सो केन्द्रको पहिलो मतदान गर्नुभएको छ । -पूर्वसभामुख सुवास नेम्वाङले मतदान गर्नुभयो पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं ३ बाट मतदान गर्नुभएको छ । नेम्वाङ आफूचाहिँ इलाम क्षेत्र नं २ बाट उम्मेद्वार हुनुहुन्छ । उहाँले इलाम नगरपालिका २ को बालमन्दिर मतदान केन्द्रबाट मत हाल्नुभएको हो । माधव नेपालद्वारा रौतहटमा मतदान एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटमा विहानै मतदान गर्नुभएको छ । रौतहट क्षेत्र नं. १ को गौर नपा-३ स्थित रामजानकी प्राविका मतदान केन्द्रमा विहान ७ बजेर १५ मिनेटमा नेपालले मतदान गर्नुभएको हो । नेपाल यो क्षेत्रको उम्मेद्वार समेत हुनुहुन्छ । सुशील कोइरालाले गर्नु भो आफैंलाई मतदान कांग्रेस सभापति सुशील कोइरालाले बाँकेबाट मतदान गर्नुभएको छ । सभापति कोइरालाले विहान ७ बजेर १६ मिनेटमा आफैंलाई मतदान गर्नुभएको छ । सभापति कोइराला यही क्षेत्रबाट उम्मेद्वार हुनुहुन्छ । संविधानसभाको निर्वाचनमा मतदान गर्न विहानै बाँके क्षेत्र नं. ३ स्थित मतादन केन्द्रमा पुग्नुभएको हो । बाँके क्षेत्र नं. ३ स्थित मतदान केन्द्रमा विहान ७ बजे नै पुग्नुभएका सभापति कोइरालाले मतदानका लागि १० मिनेटसम्म उभिनुपरेको थियो । susil-vote मतदानपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै सभापति कोइरालाले एक वर्षभित्र संविधान बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहँले मतदाताहरुलाई निर्भयतापूर्वक मतदानमा भाग लिन आह्वान समेत गर्नुभएको छ । संविधानसभाका लागि आज बिहान ७ बजेदेखि देशभरिका १० हजार १३ वटा मतदान केन्द्रहरुमा एकसाथ मतदान शुरु भएको छ । देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् । जसमा ५९ लाख ८० हजार ८ सय ८१ पुरुष, ६१ लख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गी छन् । १० हजार १३ मतदान स्थाल छन् भने १८ हजार ४ सय ५६ मतदान केन्द्र छन् । यस्तै ३ सय ३६ अस्थायी मतदान केन्द्र राखिको छ । मतदानको समय विहान ७ बजेबाट साँझ ५ बजेसम्म तोकिएको छ । यसरी हुँदैछ मतदान निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले मतदान स्थलहरुमा मोवाइल, क्यामरा जस्ता विद्युतीय उपकरणहरु लैजान प्रतिवन्ध लगाएको छ । विहान ५ बजेबाट मध्यरात १२ बजेसम्म अनुमति लिएका बाहेकका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि ६ हजार १ सय २७ र समानुपातिकमा ३ सय ३५ सिटमा १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ हल्का नीलो र समानुतिकका लागि हल्का रातो मतपत्र छ । मतदाताले मतदान केन्द्रमा रहेको मतसंकेत गर्ने गोप्य कक्षमा गई मतपत्रमा स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्छ । मतदान गर्न जाँदा आयोगले उपलब्ध गएको मतदाता परिचय पत्र वा नागरिकता, लाइसेन्स, राहदानी लगायतका परिचयपत्र चाहिन्छ । महिला र पुरुषका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले अशक्त, अपाङ्गता भएका, सुत्केरी र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सघाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
Posted on: Tue, 19 Nov 2013 09:03:04 +0000

Recently Viewed Topics




© 2015