तिसरण – भद्दन्त मैत्री - TopicsExpress



          

तिसरण – भद्दन्त मैत्री महाथेरबाट प्रेषित धम्मपद गाथा (७०) को कथा प्रसंग सार्वजनिक हितको लागि– कुनै एक समय एक अरहन्त भिक्षु गाउंमा आउनुभयो । एक उपासक त्यस भिक्षुबाट प्रभावित भएर एउटा कपडा, खाटा दान दियो । पछि एक हजाम बोलाएर केश पनि काटी दियो । भोलीको लागि भोजनको निमन्त्रण पनि दियो । तर आगन्तु भिक्षुप्रति गरेको व्यवहारबाट स्थानीय भिक्षुलाई डाह भयो । आगन्तुक भिक्षु सुती रहेको समयमा गएर भन्यो– ‘उपासकको भोजन ग्रहण गर्नुभन्दा गुहु, असुचि खाए हुन्थ्यो । कपडा लाउनुभन्दा नांगा भए हुन्थ्यो । हमाजबाट केश कटाउनु भन्दा ताडको काठले केश कोरे हुन्थ्यो । खाटामा सुत्नुभन्दा भुइंमा सुते हुन्थ्यो ।’ यसरी अरहन्त, सन्तप्रति गरेको कर्ममा पछि पश्चाताप भयो । यस कर्मको फलले वर्तमान बुद्धको कालमा एक परिवारमा जन्म भयो । तर उसको कर्मको फलेले परिवार दरिद्र भएर गयो । जसो तसो पालेर अलिक ठूलो भएपछि नांगा बाबाको एक आश्रममा गएर नांगा सन्यासी बनाई दियो । भिक्षा माग्न जानुपर्दा त्यो जम्बुक नामको नयां सन्यासी भिक्षा माग्न जादैन थियो । ‘मलाई आहार पुग्छ, प्राप्त छ’ भनी आश्रममा नै बस्थ्यो । सबै भिक्षामा गए पछि ऊ गएर चर्पीको असुचि खाने गथ्र्यो । पछि पत्ता लागे पछि उसलाई आश्रमबाट निकाली दियो । एक्लो भए पछि सार्वजनिक दिसा पिसाब गर्ने ठाउंमा गएर, नांगा बसेर एउटा खुट्टाले टकेर, उभेर मास्थिर अनुहार पारेर मुख बाएर बस्थ्यो । मानिस आएर कारण सोध्दा भन्थ्यो– ‘मेरो शरीरको भार पृथ्वीले बोक्न सक्दैन, म हावा खाएर बांच्छु, म सुत्दिन, उभेर जीवन बिताउने घोर तपश्या गर्दछु ।’ यो कुरा सुनेर मानिसहरू प्रभावित भएर उसको सेवा गरे, सम्मान गरी राखे । जब मानिस हुदैन थियो तब असुचि खान्थ्यो । मानिसले प्रणीत आहार ल्याएर दिंदा पनि खादैनथियो । ज्यादै कर गरे पछि एक कुशको टुप्पाले मह निकालेर खाएर देखाउंथ्यो । यो कुरा बुद्धले थाहा पाउनुभएर उसको उपकारको लागि त्यहां आउनुभयो र वासको लागि ठाउं माग्नुभयो । तर वास दिन चाहेन जम्बुकले । तै पनि एक छेउको स्थानमा वास बस्नुभयो । राति देवता ब्रह्माहरू बुद्धको सेवामा आए । रातीको घटना देखेर जम्बुकले सोध्यो । बुद्धले पनि देवता ब्रह्माहरू सेवामा आएका हुन् भनी भन्नुभयो । तब जम्बुकले भन्यो– ‘मैले यस्तो कठोर तपश्या गर्दा कसैले भेट्न आएनन् ।’ तब बुद्धले सारा रहश्य बताएर ‘तिमी ढोंगी हौ, जनतालाई कति ठग्छौ ?’ भने पछि उसको होस आयो । बुद्धको उपदेश सुनेर ज्ञानलाभ पनि गर्यो र भिक्षु पनि भयो । पछि अरहन्त पनि हुनुभयो । केही क्षणपछि मानिसहरू आए । तब आफ्ना गुरु भिक्षु भएको देखेर अचम्म माने र कारण पनि सोधे । तब बुद्धले कारण बताउनु भन्नुभए पछि जम्बुकले सबै कुरा बतायो । यसै सिलसिलामा बुद्धले यो गाथा भन्नुभएको थियो । स्थान– राजगृह गाथा संख्यारण् ७०–५–११ कारण– जम्बुक आजीवक मासे मासे कुसग्गेन, बालो भुञ्जेथ भोजनं । न सो संखत धम्मानं, कलं अग्घति सोलसिं ।। महिना महिनामा कुसाग्रले, मूर्खले भोजन गरे तापनि । हुंदैन ऊ प्राप्त धर्मको अगाडि, मूल्यवान् १६ औं भाग पनि ।। Even though a fool eats his food with the tip of a blade of kusa grass, month by month (like an ascetic), yet he is not worth a sixteenth part of those who have realized the truth .
Posted on: Sat, 07 Sep 2013 02:15:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015