“तिहार कस्तो - TopicsExpress



          

“तिहार कस्तो हुन्छ” बुझेँको छु मैले पनि तिहार कस्तो हुन्छ दिदी बैनी टाढा हुँदा निधार कस्तो हुन्छ सप्तरंङ्गी टीका थाप्न बाटो लाग्ने बेला समस्याले बाटो छेके विहार कस्तो हुन्छ बर्षौ पछी दाजु-भाई चेली सामु हुँदा फूल दाँजी हेर्नु उनको मुहार कस्तो हुन्छ चेली सम्झी दुख्छ मुटु नसोधे है त्यो त रक्त नाता स्नेहको पियार कस्तो हुन्छ जान्छु म त दिदी भेटी फूलको माला चुम्न हेर्छु आज बाटो छेक्ने निहार कस्तो हुन्छ तिहारको हार्दिक मंगलमय शुभकामना..!!! I Want To Live With You.™
Posted on: Sat, 02 Nov 2013 13:28:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015