तलब नपाउदा एबीसी - TopicsExpress



          

तलब नपाउदा एबीसी टेलिभिजनका कर्मचारीद्वारा आत्महत्या २० भदौ । नेपालका अधिकांश नीजि क्षेत्रका टेलिभिजन कार्यरत पत्रकार र कर्मचारीहरुले तलब विना काम गरिरहनु परेको घट्ना नौलो होईन । एक एक वर्षदेखि तलब नपाएर पत्रकारहरु योक्षेत्रबाटै पलायन हुनु परेको, तलब माग्दा जागिर गुमाउनु परेको र मालिकबाट अपमानित र कुटाईसमेत खानु परेको घटना पनि नौलो रहेन । बजार र आवश्यकताको लेखाजोखा नगरी च्याउसरी टेलिभिजन खुल्दा लामो समयदेखियस्तो समस्या नेपाली पत्रकारिता क्षेत्रमा विद्यमान रहेको यथार्थ तथ्य हाम्रो सामू छर्लङ छ । तर विडम्बना नै भन्नु पर्छ आमसञ्चारमाध्यममा काम गरेर लामो समयदेखि तलब नपाएर अन्ततः आत्महत्या नै गर्नु परेको अवस्था नेपाली सञ्चार क्षेत्रकै लागि लाजमर्दो अवस्था हो । एवीसी टेलिभिजनमा प्राविधिक पदमा कार्यरत कर्मचारी सञ्जिव आचार्यको मृत्यू बरणको घटनाले त्यस्तो अवस्था उत्पन्न भएको छ । उनका आफन्त र सोही टेलिभिजनमा कार्यरत कर्मचारीहरुले दिएको जानकारी अनुसार विगत ६–७ महिनादेखि सो टेलिभिजनबाट तलब नपाएको र सोही कारण अन्ततः हिजो यूएन पार्कको एक रुखमा झुण्डिएर आत्महत्या गरेको आरोप सहितको जानकारी दिए । उनका साथीहरुका अनुसार विगत लामो समयदेखि आचार्यले तलबको माग गर्दै आएका थिए । तर ब्यवस्थापनले तलब नदिएपछि उनलेसाथीहरुसँग सय पचास रुपैया मागेर आफ्नो जीवन चलाउँदै आएका थिए । भने पेट्रोल हाल्ने पैसा नभएर लामो समयदेखि मृतक आचार्यले मोटरसाईकल समेत थन्काएका थिए । तलब नदिईरहेकै अवस्थामा केही समय अघि सोटेलिभिजनका कर्मचारीहरुले तलब बढाउन र बक्यौता दिन आन्दोलन समेत गरेका थिए । त्यसबेला सो टेलिभिजनका हर्ताकर्ता रहेका शुभशंकर कडेलले आन्दोलनमा रहेका अन्य कर्मचारीको पाँच हजारको दरले बढाई दिएको र आचार्यको नबढाएपछि उनी फ्रस्टेसनमा रहेको उनका साथीहरुले बताएका छन । सोही क्रममा उनले आत्महत्यागरेको उनीहरुको दावी छ । लामो समयदेखि तलब नपाएर पनि काम गरिरहनुपरेका कर्मचारीहरुले शुभशंकर कडेलसँग नजिक हुनेहरुले समयमै तलब पाए पनि अन्यले भने लामो समयदेखि तलब नपाएर कठिनजिवन गुजार्नु परेको गुनासो समेत गरेका छन् ।
Posted on: Thu, 05 Sep 2013 16:06:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015