दाहालले काठमाडौं- १० मा - TopicsExpress



          

दाहालले काठमाडौं- १० मा उठेर गल्ती गरेः नेपाल काठमाडौ, मंसिर १ - एमाले वरिष्ठ नेता माधव कुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नं. १० मा उम्मेदवारी दिएर गल्ती गरेको बताएका छन् । शनिबार कीर्तिपुरमा आयोजित एमाले क्षेत्रिय सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले दाहालले यस क्षेत्रमा आफ्नो उम्मेदवारी दिएर गम्भीर गल्ती गरेको बताए । दाहालले अघिल्लो पटक पनि आश्वासन दिएर कीर्तिपुरवासीलाई ढाँटेको नेपालले स्पष्ट पारे । दाहालले भाषणमा मतदातालाई लोभ्याउने औजारका रुपमा मात्र राहत, विकास, निर्माणका कुराहरु ओकल्ने गरेको तर व्यवहारमा एमाओवादी पार्टी जनता लडाउन, देश टुक्र्याउन र सामाजिक सद्भाव खल्बल्याउन उद्यत रहेको बताए । नेता नेपालले एमाओवादीले संघीयताको गलत अर्थ लगाई देश टुक्राउन लागेको भन्दै प्रचण्डको कीर्तिपुर १० नं. क्षेत्रसँग कुनै, कतैको साइनो नरहेको पनि बताए । सभालाई सम्बोधन गर्दै नेता नेपालले आगामी ३ गते सम्म दाहालले एमाले उम्मेदवार सुरेन्द्र मानन्धरलाई समर्थन गर्ने विचार व्यक्त गरे
Posted on: Sat, 16 Nov 2013 10:45:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015