दलित प्रहरीको ओडारमा - TopicsExpress



          

दलित प्रहरीको ओडारमा बास ११ भदौ, बाजुरा । दलित भएकै कारण एक प्रहरी जवान बाजुराको बुढीनन्दा मेला भर्नबाट बञ्चित भएका छन् । पुजारीको धम्कीले बीचबाटै फर्काईका उनी एक रात सुनसान ओडारमा रात बिताउन बाध्य भए । मेला सुरक्षार्थ प्रहरी टोलीमा स्थानीयबासी जनक विकसमेत थिए । प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्दको नेतृत्वमा उक्त टोली मेलातर्फ तीनदिन कोल्टीबाट हिड्यो । डेढ दिनको ठाडो उकालेा पार गर्दै चरी दह भन्ने स्थानमा पुग्यो । त्यस ठाउँमा बुढीनन्दा जाने तीर्थालुसहित पुजारी भेला भएका थिए । केहीबेरमै प्रहरी टोलीमा दलित भएको भन्दै बिरोध सुरु भयो । उनलाई मेला जानबाट वञ्चित गराइयो । ‘पुजारी श्रीलाल बोहराले बोलाएर दलित जाने भए यात्रा अघि बढ्दैन भने,’ सहायक निरीक्षक चन्दले भने, ‘त्यसपछि जनकलाई सोधेँ, उनले भैगो सर मेरा कारणले अफ्ठेरो हुने भए जान्न भन्यो ।’ ‘अनि म अलग्गिएपछि तीर्थालुसँगै गैरदलित सहकर्मी पछि लागे,’ जनकले भने, ‘सुन्दर पाटनमा उनीहरुको लस्करलाई मैले आँखाले देखुञ्जेल हेरे, ओझेल परेपछि त्यस सुनसान ठाउँमा म एक्लो भएँ ।’ मानव बस्तीबाट करिब २ दिन कठिन उकालो पार गरी मन्दिर पुग्न केही घन्टामात्र बाँकी रहँदा उनी रोकाइएको कान्तिपुर दैनिकमा खबर छ । ‘म केवल एक्लो भए, बेस्सरी भक्कानिएर रुन थालेँ, सबै बस्ने ठाउँ, र सहारा कतै थिएन । अति तल छाप्रेमा रात पर्‍यो । यता-उता हेरेँ, ओडार देखेँ । त्यहीँ रात बिताएँ उनले भने ।
Posted on: Tue, 27 Aug 2013 19:12:11 +0000

Trending Topics



min-height:30px;">
“How many times have I wondered if it is really possible to
Many victims focus on things they could hve done differently that
AUC Venture Lab applications for Cycle 3, Fall 2014 are now OPEN!

Recently Viewed Topics




© 2015