दैनिक जीवनमा कम्प्युटर - TopicsExpress



          

दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई Start-up Applications अर्थात कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः Yahoo messengers, Windows messengers, कुनै Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ । यस्ता application हरु प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा प्रत्येक चोटी बन्द गर्नुपर्ने हुदाँ झन्झटिलो हुन्छ । साथीहरुको यही समस्यालाई ध्यानमा राखी हामीले हजुरहरुलाई एउटा सजिलो उपाय बताउन गइरहेका छौँ, जसले हजुरलाई त्यस्ता अनावश्यक Start- up applications बाट मुक्ति दिलाउने छ । जसको लागि १. सर्वप्रथम Start button मा क्लिक गरेर Run मा क्लिक गर्नुहोश । 2. Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश । ३. त्यसपछि System Configuration Utility Box देखापर्छ त्यसमा Start Up Tab मा क्लिक गर्नुहोश र Location मा common StartUp भएका application हरुमध्ये हटाउन चाहानुभएको application अगाडिको बक्समा रहेको Check mark हटाइदिनुहोश । 4. अब Apply button र Ok button मा Clcik गर्नुहोश र कम्प्युटर एकचोटी Re-Start गर्नुहोश। अब कम्प्युटर खुल्दा त्यस्ता अनावश्यक Sart Up Application हरु खुल्नेछैनन |
Posted on: Sat, 03 Aug 2013 12:26:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015