नाँच्न जान्दैन आँगन टेड़ो - TopicsExpress



          

नाँच्न जान्दैन आँगन टेड़ो : देशमा प्रजातन्त्र आए पछि जति धेरै मधेशी दलहरु टुक्रिएका छन् त्यो जस्तो तरिकाले नेपाली कांग्रेस र एमाले टुक्रिएका छैनन् | यस्तो अवस्थामा अहिलेको संबिधान सभाको चुनावमा मधेशी जनताको भोट पनि त्यहि अनुपातमा मधेशी पार्टीहरुमा बाँडीन गयो | तर यसको तुलनामा नेपाली कांग्रेस र एमालेका समर्थकहरुको भोट भने यी दुइ पार्टीलाई मात्रै गयो | अनि मधेशमा पनि नेपाली कांग्रेस र एमालेको जित नभएर मधेशी पार्टीको हुन जाला त ? यदि मधेशका पार्टीहरु यति धेरै संख्यामा नटुक्रिएका भए मधेशमा कांग्रेस र एमालेको बाउ आए पनि कसैको केहि लाग्ने थिएन | त्यसैले यसपाली मधेशको अधिकांस सिटमा कांग्रेस र एमालेले बिजय हासिल गर्नुलाई कुन ठुलो आश्चर्यको कुरा भन्ने ? तर चुनावको नतिजा आफ्नो अनुकुल नआए पछि मधेशी नेताहरुले पनि धाँधली र ग्रान्ड डिजाइनको बिलाप गर्न थालेका छन् | अब यसलाई नाँच्न जान्दैन आँगन टेड़ो भनौ कि भाइ फुटे गवार लुटे भन्ने ? जाबो यति कुरा पनि बुझ्न नसक्नेहरुले के को राजनीति गर्छु र देश हाँक्छु भन्छन कुन्नि !!! यो त देश र जनताको सेवा गर्नलाई गरिने काम होइन खालि भाले बनेर टाउको खानलाइ गरिने काम मात्रै हो |
Posted on: Sun, 24 Nov 2013 15:44:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015