नखोज्नु है मलाई बसन्त - TopicsExpress



          

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु नखोज्नु है मलाई वरपिपलको छहारीमा म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु khagendra bhandari kathmandu ,Nepal
Posted on: Wed, 04 Dec 2013 06:55:16 +0000

Recently Viewed Topics




© 2015