नवप्रवेशी रेखाको - TopicsExpress



          

नवप्रवेशी रेखाको पार्टीभित्रैबाट बिरोध................. सुजन खनाल वीरगञ्ज, असोज १५ – एकीकृत नेकपा माओवादीको तर्फबाट पर्सामा चुनाब लड्न लागेकी अभिनेत्री रेखा थापाको पार्टी भित्रैबाट बिरोध हुन थालेको छ । जिल्लाका नेता कार्यकर्ताले पार्टी हेडक्वार्टरले नवप्रवेशीलाई उम्मेद्वार बनाउन लागेको भन्दै चर्को विरोध गरेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर स्थानीय नेता कार्यकर्ताले जनयुद्धको जगबाट आएका नेताहरुलाई पाखा लगाएर शीर्ष नेताहरुले अरु पार्टीबाट आएका र नवप्रवेशीलाई उम्मेद्वार प्रस्ताब गरेको भन्दै विरोध गरेका हुन् । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा नवप्रवेशीलाई मात्र उम्मेद्वार बनाएर जनयुद्धकालमा त्याग र योगदान गरेका नेता कार्यकर्तालाई उपेक्षा गरेको भन्दै उनीहरुले निर्णय नसच्याए बागी उम्मेद्वार उठाउने चेतावनी दिएका छन् । एकीकृत माओवादीले पर्सा क्षेत्र नं १ बाट नायिका थापा, २ बाट नेशनल मेडिकल कलेज बीरगंजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारी, ३ बाट जीतेन्द्र यादव, ४ बाट प्रल्हाद गिरी र ५ बाट उर्मिला अर्याललाई उम्मेद्वारको सिफारिस गर्ने तयारी गरेको छ । पाँचै जना प्रस्तावित उम्मेदवारहरु एकीकृत माओवादीमा नवप्रवेशी हुन् । जनयुद्धमा योगदान गरेका नेताहरुलाई उमेद्वार नबनाई नवप्रवेशीलाई बनाउँदा कार्यकर्ताको मनोवाल कमजोर हुने भोजपुरा राज्य समिति सदस्य सन्तोष घिमिरेले बताउनुभयो । भोजपुरा राज्य समितिका अर्का सदस्य बालकृष्ण श्रेष्ठले जनयुद्धमा साथ दिने कार्यकर्तालाई धोका दिएर पार्टीले कलाकार र व्यवसायीलाई उम्मेदवार बनाएपछि कार्यकर्ता दुःखी भएका बताउनुभयो । उहाँले आफुहरुको माग सम्बोधन नभए पार्टीको निर्णय नमान्ने चेतावनी समेत दिनुभयो । यसैबीच केन्द्रीय नेतृत्वको निर्णयको विरोध गर्न गरिएको पत्रकार सम्मेलनमा उमेद्वारको रुपमा क्षेत्रबहादुर श्रेष्ठको मात्र नाम लिएको भन्दै अर्का उम्मेद्वारका दाबेदार योगेन्द्र साहका समर्थकहरुले विरोध जनाएका थिए ।
Posted on: Tue, 01 Oct 2013 16:52:04 +0000

Trending Topics



Recently Viewed Topics




© 2015