नेपालको सानदार जीत: - TopicsExpress



          

नेपालको सानदार जीत: बिश्वकपमा स्थान पक्का ______________________________________________ -Bhupendra Kafle नयन (मङ्सीर१२/NCT) नेपाललाई जिताउन आज कप्तान पारस खड्काले ४६ रन बनाए साथै ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाए भने सुवास खकुरेलले १६ बलको सामना गर्दै १ चौकाको मद्दतमा १६ रन बनाए ।(NCT) यस्तै सागर पुनले १९ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाए । पहिलो पारीमा टस हार्दै पहिला ब्याटिङमा उत्रिन बाध्य भएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । उसका लागि वाकस वर्कात र निजाकत खानले समान २५ रन बनाए ।(NCT) हङकङलाई सुरुदेखि नै दवावमा राखेका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्णले २ र कप्तान पारस खड्काले एक विकेट हात पारे । दोश्रो ओभरको चौथो बलमा नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट हात पारेका थिए । (NCT) उनले १६ औं ओभरको तेश्रो र चौथो ओभरमा लागातार २ विकेट थपे । यस्तै अविनाश कर्णले पनि पाँचौं ओभरको पहिलो बलमा र १९ औं ओभरको दोश्रो बलमा विकेट हात पारेका थिए ।(NCT) नेपाल जितसँगै ट्वान्टी ट्वान्टी विश्वकप छनौटको सेमिफाइनलमा पनि पुगेको छ ।(NCT) नेपालले फाइनल प्रवेशका लागि शुक्रबार अफागानिस्तानसँग सेमिफाइनल खेल्ने छ ।
Posted on: Wed, 27 Nov 2013 09:30:43 +0000

Trending Topics



er Risse, who
BİLİNÇALTININ GÜCÜ-Joseph Murphy Etki düşünceniz, Tepki

Recently Viewed Topics




© 2015