नेपालका १० जना नेता र - TopicsExpress



          

नेपालका १० जना नेता र शेरे एउटा खोलोको पुल तर्दै थिए । एक्कासी ठुलो बाढी आएछ । सबै खोलाको पुलमा फसेछन । पुलको वारपार पानी हुनाले कतै जान सकेनछन् । उद्दार गर्न हेलिकप्टर आएछ । माथी बाट सेनाको जवानले डोरी खसालेर भन्यो: एकै पटक सबै नआउनु होला । डोरिले धान्दैन । यती भन्दा भन्दै सबै डोरिमा झुन्डिएछ्न्, हेलिकप्टर उडेछ । सेना: तपाइहरु मध्ये एक जनाले डोरी छोड्नुस् नत्र डोरी छिन्छ । डोरी छोड्न कोही तयार भएन । अनि शेरेले भनेछ शेरे: यती जनाको ज्यान बचाउन म आफ्नो वलिदान दिन तयार छु। यति सुन्ने बित्तिकै नेताहरुको सधैँ ताली बजाउने बानी । त्यति बेला पनि शेरेको सम्मान गर्दै ताली बजाएछन् । अनि सबै नेता खसेर डुबेछन । शेरे चाहिँ बाचेछ . ...
Posted on: Tue, 19 Nov 2013 15:44:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015