पूर्व प्रहरी - TopicsExpress



          

पूर्व प्रहरी इन्स्पेक्टरको यस्तो कर्तुत ट्युसन पढेर निस्किएकी १३ वर्षीया किशोरीमाथि मैतीदेवी गल्लीमा शुक्रबार बिहान एक्कासि आक्रमण भयो । घाँटीमा धारिलो हतियारको प्रहारपछि किशोरी भुँईमा पछारिन् । रगतपच्छे उनी पीडाले टोलै थर्किनेगरी चिच्याइन् । उनको चित्कार सुन्ने त्यहाँ कोही थिएन। जेनतेन उभिन खोजिन् । धेरैचोटी ढलपल ढलपल भइन्। तै सम्हालिइन् । उनलाई सहारा दिने कोही थिएन । त्यतिञ्जेल आक्रमणकारी अलप भइसकेका थिए । एकैछिनमा हल्लाखल्ला भयो । स्थानीयले घटना महानगरीय प्रहरी वृत्त कमलपोखरीमा पुर्याए । घाइते किशोरीलाई अस्पताल पुर्याइयो । प्रहरीको रोहवरमा जब उनले ६ महिनादेखि भोग्दै आएको पीडा सुनाइन्,प्रहरीको समेत आँखा रसायो। आजको नागरिक दैनिकमा खबर छ । ती किशोरी मैतीदेवीको एउटा स्कुलमा कक्षा ९ मा पढ्छिन् स्कुल नजिकै एउटा पसल छ । त्यसका साहु पूर्णलाल श्रेष्ठ पहिले इन्स्पेक्टर थिए । सईबाट इन्स्पेक्टर बढुवा भएलगत्तै अवकाश पाएका श्रेष्ठ किराना पसल चलाउँथे । किशोरी दिनहुँ त्यो पसल जान्थिन्,कहिले तितौरा त कहिले चाउचाउ किन्न । यही क्रममा दुवैबीच चिनजान भयो । एक साहुजी र ग्राहकको चिनजान । श्रेष्ठले किशोरीलाई अरु ग्राहकभन्दा आत्मीय व्यवहार गर्थे। कहिले कपडामाथि टिप्पणी गर्थे त किहले धाप मार्थे । एकल महिलाको अभिभावकत्वमा हुर्केकी उनले बाबुको उमेरका श्रेष्ठको व्यवहारलाई समान्य रुपमा लिइन् । उनले विस्तारै किशोरीमाथि हक जमाउन थाले । कति कुरामा निर्देशनसमेत दिन्थे । भन्थे, ‘छ्या कस्तो कपडा लगाएको सुहाएन । यस्तो नलगाउनू ।’ अलि राम्रो लुगा लगाएर आएको दिन धाप मार्दै भन्थे,कस्ती राम्री देखिएकी तिमि आज । आफू दिनहुँ गइरहन उनले आवश्यक ठानिनन् । वास्तवमा उनी कसैको व्यहवहारभित्र लुकेको आसय विचार पुर्याउनसक्ने उमेरकै थिइनन् । उनले कसैलाई केही भनिन् । उनको यहीँ मौनताबाट श्रेष्ठ हौसिदै गए । पसल आउँदा लगातार जिस्काउन थाले । पछि हुँदाहुँदै किशोरीको स्कुलको गेटसम्मै पुगे । कहिले आफूसँगै हिँड्न जबर्जस्ती गर्थे । विभिन्न बहाना बनाउँदै किशोरीलाई घरबाट पैसा ल्याउन पनि लगाए । पसले उनीसँग पैसा समेत असुल्नतिर लागे । किशोरीको आमाले थाहा पाएपछि पसलेलाई चेतावनी समेत दिइन् । पछि पसलेले किशोरीलाई धम्काए र कुटपिट पनि गरे । शुक्रबार त हत्या प्रयास समेत गरे ।
Posted on: Tue, 03 Dec 2013 02:26:46 +0000

Recently Viewed Topics




© 2015