प्रचण्ड परिवारसंगको - TopicsExpress



          

प्रचण्ड परिवारसंगको सम्बन्ध मेरो निजी : विना मगर प्रकाश दाहालसंगको सम्बन्धबारे नसोध्न आग्रह २२ असोज काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालसंग सम्बन्ध जोडिएकी कञ्चनपुर-१ की एमाओवादी उम्मेद्वार विना मगरले प्रकाश दाहालसंगको सम्बन्धबारे सोधेर दबाव नदिन आग्रह गरेकी छन् । प्रकाश दाहालसंगको सम्बन्धका बारेमा विनाले यसलाई व्यक्तिगत विषय बताउँदै थप नबोल्ने बताएकी छन् ।bina_magar तर, आफूले गल्ती गरेको भने स्वीकार गरेकी छन् । ‘जहाँसम्म सम्बन्धको कुरा छ । यो मेरो निजी मामला हो । कृपया म त्यसमा थप केही बोल्न चाहन्न ।’ मंगलबार एउटा वेभसाइटलाई दिएको अन्तरवार्तामा मगरले भनेकी छन्- ‘ मैले अघि पनि भनिसकें यो विषयमा बोल्न दबाब नदिनुस् । म माओवादी पार्टीको सदस्य हुँ ।’ प्रचण्ड परिवारसागको तपाईको सम्बन्ध के हो भन्न प्रश्नमा कञ्चनपुर १ की एमाओवादी उम्मेद्वार विनाको जवाफ छ-’संसारमा कमिकमजोरीरहित मान्छे कोही पनि हुँदैन । कोहीले केही विषयमा, केहीले केही विषयमा गल्ती गरेकै हुन्छ । मैले गल्ती गरेको कुरा स्वीकार गरिसकेकी छु । पार्टी पद्दतिअनुसार कारबाही प्रक्रिया पनि गुजारेको छु । पार्टीमा वा समाजमा गल्ती गर्ने म पहिलो मान्छे होइन, नत अन्तिम नै हुन सक्छु । सभ्य समाजले त गल्ती गर्नेलाई सुधार्न प्रेरित गर्नुपर्ने हो । यहाँ त भीरबाट खसाल्न खोजिंदो रहेछ ।’ प्रचण्डपुत्र प्रकाशसाग अवैध सम्बन्धका कारण विवादमा मुछिएकी विनाको भनाइ छ- ‘मैले जनतामा गएर गल्तीका लागि प्रायश्चित गर्न पनि पाउनुपर्‍यो नि । एकपटक गल्ती गरेको मान्छेलाई सुध्रन मौका पनि दिनुपर्‍यो । म प्रष्टसँग के भन्न चाहान्छु भने यदि जनताले त्यही कारणले मलाई निर्वाचनमा बहिस्कार गर्छन् भने त्यो स्वीकार गर्न तयार छु ।’ आफूलाई आलोचना गरेको भन्दै उनले मिडियालाई आलोचना गरेकी छन् । ‘हाम्रो समाजमा कयौं घटना घटिरहेका छन् । तर केही मिडिया र केही व्यक्तिले नियोजित रुपमा पटकपटक यही कुरालाई चर्काइरहेका छन् ।’ तपाईं प्रचण्ड परिवारको मान्छे हो कि होइन यति भन्दिनुस् न ! मैले अघि पनि भनिसकें यो विषयमा बोल्न दबाब नदिनुस् । म माओवादी पार्टीको सदस्य हुँ । प्रचण्डपुत्रसंग अवैधानिक सम्बन्ध रहेकी विनाले आफ्नो बारेमा यसरी प्रतिवाद गरेकी छन् ‘त्यतिखेर कञ्चनपुर जिल्ला पार्टीले मलाई जिल्लाकै पहिलो सहिद घोषणा गरेको रहेछ । मेरो फोटोमा फूलमाला चढाएर सहिदका रुपमा श्रद्धाञ्जली गरिएको थियो रे । पछि जीवितै रहेको थापा पाएपछि सहिदको सूचीबाट हटाइएको रहेछ । पछि म सार्वजनिक भएर बाहिर आएपछि त्यो कुरा थाहा पाएँ । म त्यत्रो इतिहास भएको व्यक्ति हुँ । यो कुरा सारा संसारलाई थाहा छ । मलाई चिन्न मेरो आफ्नै परिचय काफी छ । अरु कसैसँग जोड्न जरुरी नै छैन । त्यही भएर नै यहाँका जनता र नेता कार्यकर्ताले मलाई सम्झिए र उम्मेदवार बनाए ।’
Posted on: Tue, 08 Oct 2013 12:58:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015