प्रचण्डलाई हराउन ५ करोड - TopicsExpress



          

प्रचण्डलाई हराउन ५ करोड खर्चेको एमाले नेताको दावी १२ मंसिर, काठमाण्डौ । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाण्डौ-१० बाट कसरी सर्मनाक पराजय भोग्नुपर्‍यो ? अघिल्लोपटक १२ हजार बढि भोटले जितेका प्रचण्ड यसपटक कसरी ७ हजारभन्दा धेरै मतले हारे ? यसबारे त्यही क्षेत्रबाठ चुनाव लडेका नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र मानन्धरले केही गम्भरि रहस्य खोलेका छन् । बुधबार प्रकाशित जनआस्था साप्ताहिकलाई अन्र्तवार्ता दिँदै एमाले उम्मेद्वार मानन्धरले प्रचण्ड हार्नुमा आर्थिक चलखेल र बैद्यको धोखाघडी मुख्य कारण रहेको बताए । ‘सबैभन्दा बढी आर्थिक चलखेल यही क्षेत्रमा भएको छ । पहिले नै नेपाली कांग्रेसले उम्मेद्वारी घोषणा गरेलगत्तै ५ करोड खर्च गरेरै भएपनि चुनाव हामी जित्छौ भन्नुभएको छ ।’ मानन्धरले भने-’बेलामा सूचना पाउन नसक्दा अन्तिमको मौन समयको दुई दिनमा आर्थिक चलखेल भयो । ढिलोमात्र सूचना पाएकाले हामीले त्यसलाई रोक्न सकेनौं ।’ ‘बहिष्कार गर्ने भनेर हिँडेका नेकपा-माओवादीका साथीहरुले कसैलाई हराउने नाममा आफ्नो राजनीतिलाई समेत धराशायी बनाउनुभयो । जनताले उहाँहरुको त्यो व्यवहारबाट क्रान्तिका ठूला कुरा गर्नु बेकार हो भन्ने राम्रोसँग बुझ्ने मौका पाए । उहाँहरुले आर्थिक लेनदेनका क्रममा आफ्नो मत कांग्रेसलाई प्याक गर्नुभयो ।’ मानन्धरले भने-’कम्युनिष्ट कै नाममा एमालेलाई अगाडि आउन नदिन र प्रचण्ड भन्ने व्यक्तिलाई हराउन अत्यन्तै तुच्छ क्रियाकलाप गर्नुभयो । त्यो निन्दनीय छ । उहाँहरुले त्यस्तो काम गर्नमा अलिकति पनि अप्ठेरो मान्नुभएन । त्यस्तो व्यवहारको हिसाव-किताव मिलान गर्न अब धेरै मूल्य चुकाउनुपर्छ ।’ यो चुनाव नेपाली काँग्रेसले नभई बैद्य माओवादीले जितेको उनको दलिल छ । ‘यो चुनाव कांग्रेस आफैले जितेको होइन । ड्यास माओवादी, राप्रपालगायतका साना पार्टीको पुच्छर समातेर र चुनावको बैतरणी तरेको हो । आर्थिक लेनदेनबाट तरिएको यो बैतरणीबाट त्यहाँको कांग्रेस राजनीतिलाई दीगो बनाउँछ भन्ने विश्वास गर्न सकिदैन ।’ सुरेन्द्रले आफ्नो पार्टी एमालेबारे भने-’अघिल्लो चुनावमा हामी तेस्रो पाजिसनमा थियौं । यसपालि दोस्रो पोजिसनमा आयौं । यसपालि कांग्रेस र अन्य साना दलले तिकडमबाजी नागरका थिए भने, हामीले जितेको हो । र, यो कुरा पनि निश्चित छ कि, त्यहाँका स्वाभिमानी जनताले यस्ताखाले निकृष्ट तिकडमबाजीलाई रुचाउने छैनन् ।’
Posted on: Wed, 27 Nov 2013 19:18:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015