प्रचण्डले ५२ करोडमा - TopicsExpress



          

प्रचण्डले ५२ करोडमा हेलिकप्टर किन्ने अन्तिम तयारी एकीकृत माओवादीका एक नेताले भने पार्टी अध्यक्ष दाहाल निकै विलासी जिवन बिताउन थालेका छन्, उनले आफ्ना व्यापारी सुमार्गी मार्फत हेलिकप्टर किन्ने तयारी गरेका छन् । अव उनको सर्वहारा क्रान्तिको कुराले हावा खाइसकेको छ । स्वीस बैंकमा पैसा राखेको भनेर चर्चामा आएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हेलिकप्टर पनि किन्ने भएका छन् । उनको नेतृत्वमा १० वर्षे सशस्त्र आन्दोलनमार्फत साम्यवाद ल्याउने भन्दै १५ हजार नागरिकले ज्यान गुमाएका थिए भने कयौं नागरिक वेपत्ता र कैयौं अझैं घाइते छन् । उनै साम्यवाद ल्याउने र समाजको परिवर्तनको नारा दिने प्रचण्डले हेलिकप्टर किन्ने तयारी गरेका हुन् । आफ्ना व्यापारीक साथी अजय सुमार्गीको नाममा हेलिकप्टर किन्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । उक्त हेलिकप्टर खरिदमा मुख्य भूमिका भने अजय सुमार्गीले निभाएको स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त हेलिकप्टरको मुल्य ५२ करोड रुपैया पर्नेछ । नियमित मर्मत संभार तथा संचालनमा मासिक ३० लाख रकम खर्चिनु पर्ने सो हेलिकप्टर एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले प्रयोग गर्ने बताइएको छ । हेलिकप्टरका लागि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको स्रोतको दाबी छ । यता निर्वाचन आयोगले निर्वाचनको प्रायोजनका लागि हेलिकप्टर प्रयोग नगर्न आचारसंहिता जारी गरिसकेको छ । यद्दपि चुनाव प्रचार प्रसारको लागि पहाडी जिल्लाहरुमा जान दाहालले उक्त हेलिकप्टर प्रयोग गर्ने बताइएको छ ।
Posted on: Sun, 15 Sep 2013 03:30:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015