प्रेस - TopicsExpress



          

प्रेस विज्ञप्ती पञ्चायतकालका इमान्दार र राष्ट्रवादी पूर्व प्रधानमन्त्री तथा मेरो बुबा मरिचमान सिंह श्रेष्ठको अवस्था ज्यादै चिन्ताजनक भई दिल्लीमा मेदान्त अस्पतालमा उपचार भइरहेको छ । साथीभाई र इष्टमित्रबाट खर्च उठाउँदा पनि आर्थिक अभाव भएकोले नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल मार्फत आर्थिक सहयोगको लागि मन्त्रिपरिषद् अध्यक्षकोमा एक महिना पहिले नै जाहेर भई सकेको हो । अघिल्लो पटक ८ हप्ता र यसपटक पनि उपचार भएको १० दिन भइसक्यो । मेदान्त अस्पतालका डा. अशोक वयलका अनुसार उहाँलाई लङस क्यान्सर भएको बताइएको छ । हाल अस्पतालको आइसियूमा जीवन जिउन संघर्ष गरिरहनु भएका मेरो बुबा मरिचमान सिंह श्रेष्ठलाई सहयोगको लागि पहल गरिदिनु हुन भनि तपाई मिडिया समक्ष हामी आइपुगेका छौँ । निष्कलंक ,राष्ट्रवादी छविका मेरा बुबा मरिचमान सिंह श्रेष्ठलाई सहयोग गर्न राजनीतिक पार्टीका नेताहरुले पनि दवाव दिएको सुनिएको छ । पूर्व प्रधानमन्त्रीको हैसियतले उहाँले उपचार खर्च पाउनु उहाँको अधिकार समेत हो जस्तो लाग्छ । एउटा राम्रो नेता जोगाउँनु राष्ट्रको सरकारको कर्तव्य पनि हो । आफ्नो कर्तव्य बोधलाई अवलम्वन गरि सरकारले नेपालकै राष्ट्रवादी र निष्कलंक छवि भएका मेरो बुबालाई आर्थिक सहयोग उपलब्ध गराई दिने पुण्य कार्यमा मिडियाको सहयोगको अपक्षा गर्दछु । तपाईहरु सबैलाई थाहा छ सरकारको आर्थिक साहयता रकमको सदुपयोग कसरी भइरहेको छ ? करोडौँ बाँडिएको छ । जीवनकै अन्तिम साँझमा उहाँले आर्थिक अभावकै कारण उपचार घटाउनु नपरोस । त्यसको लागि परिवारले सक्दो गरेको छ । उच्च पदमा बसेर उच्च काम गरेको व्यक्ति राष्ट्रकै सम्पति हो । त्यसैले आर्थिक अभावकै कारण उहाँको उपचारमा कमी आउनु भनेको दुर्भाग्य हो । राष्ट्र सेवामा संलग्न भएका सदाचारी ,इमानदार एवम् सरल जीवन यापन गरेका राष्ट्रवादी राजनयिक व्यक्तित्वहरुको संरक्षणका लागि सहयोगी हातहरु हुन्छन भन्ने उदाहरण प्रस्तुत हुने छ भन्ने विश्वास लिएको छु । आज राज्यमा मिडिया छ । जसले आवाज विहिनको आवाजको काम गरेको छ । हामी पनि त्यहि चाहान्छौँ । बुबाको आवाज सरकार र नेपाली जनतामा पुगोस र उपचार सहज होस् । धन्यवाद । छोरा : अनिल श्रेष् - See more at: ujyaaloonline/news/22714/Former-Prime-minister-Marich-Man-Singh-is-serious-/#sthash.psFqvKDz.dpuf
Posted on: Thu, 11 Jul 2013 13:12:35 +0000

Trending Topics



s="stbody" style="min-height:30px;">
BESTSELLER STRATEGIES COACHING PROGRAM Starting ON 26TH June
I am obsessed with outer space. I can spend hours imaging all the
For the Girls An exerpt from the New Harlequin Romance: He
yle="min-height:30px;">
Online Brand Reputation Management (#contentmarketing
Just had dinner at a local Mexican Restaurant and it put me in

Recently Viewed Topics




© 2015