फेसबुक प्रेमिकासंग - TopicsExpress



          

फेसबुक प्रेमिकासंग बिवाह गर्न प्रेमीले उठाए यस्तो कदम प्रेममा परेपछि मानिसहरुले जतिसुकै अप्ठ्यारा काम गर्न पनि अघि बढ्छन् । यस्तै भारतको नयाँ दिल्लीमा सामाजिक संजाल फेसबुक मार्फत बनेको प्रेमिकासंग बिवाह गर्नको लागि एक युवकले चोरी गरेको छ । ती युवकले केमिकल उद्योगपतिको घरमा चोरी गर्नुका साथै करीब पाँच लाख रकम बराबरको औठी चोरी गरी आफ्नो प्रमिकाको घर बिहारमा पुगेका थिए । ती युवकले चोरीको कुरा प्रेमिकालाई भनेपछि उनको प्रेमिकाले बिवाह गर्न अस्विकार गरेकी थिइन् । सोही कारण ती युवकले चोरी गरेको सामान फर्काउन दिल्ली पुगेको बेला डिफेंस कालोनी थानाध्यक्ष कुलदीप सिंहको टोलीले उसलाई पक्राउ गरेको हो । आरोपी युवकबाट करीब साढे ६ लाखको सामान बरामद गरिएको छ । आरोपी युवकलाई न्यायिक हिरासतमा पठाइएको छ ।
Posted on: Fri, 16 Aug 2013 17:03:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015