बालकले दबाबमा आमाको - TopicsExpress



          

बालकले दबाबमा आमाको पेटको बच्चा मेरै हो भने : मानव अधिकार आयोग राधाकृष्ण डुम्रे/उज्यालो । स्याङजा, भदौ १३ - ससुरा बुहारीको गर्भको विषयलाई लिएर नाबालक छोरालाई मुछिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले अनुसन्धान शुरु गरेको छ । क्षेत्रीय कार्यालय पोखराबाट मानव अधिकार अधिकृत ज्यातीप्रसाद घिमिरेको नेतृत्वमा स्याङजा पुगेको टोलीले वडा प्रहरी कार्यालयका प्रमुख हरिकृष्ण केसीसँग घटनाका बारेमा जानकारी लिएको छ । आयोगले शुरुमा बयान थालनी गरेको प्रहरी चौकी वयरघारी र बालक तथा उनी पढ्ने विद्यालयमा समेत अध्ययन गरेको छ । अध्ययनका क्रममा बालकले आफूलाई झापड हानेर सोधपुछ गरेकोले आफूले आमाको गर्भ आफ्नो भएको भन्न बाध्य भएको बताएको छानबिनमा आएका आयोगका अधिकृत घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार बालकको मानसिक अत्यन्तै कमजोर हुन थालेकोले उनलाई केही समय बाहिर राख्नुपर्ने सुझाव विद्यालयलाई दिएको बताउनुभयो । प्रहरीले आफ्नो क्षेत्र अधिकार भन्दा बाहिर रहेको घनामा बालकलाई नियन्त्रणमा लिएको र रातीको समयमा बालकको स्वास्थ्य परीक्षण गरेको साथै रातको समयमा बालकको कुनै अभिभावक नराखेर सोधपुछ गरेको तथ्य छानबिनका क्रममा खुलेको आयोगले जनाएको छ । १४ वर्षका बालकलाई बिभिन्न पक्षले दबाबमा पारेर आमाको गर्भ आफ्नो हो भन्न लगाउनुले बालअधिकारको दुरुपयोग भएको आयोगको प्रारम्भिक ठहर रहेको छ । गएको भदौ ८ गते शनिबार एकाएक वडा प्रहरी कार्यालय तीन गाविसका नागरिकले घेराउ गरेपछि यो घट्ना बाहिर आएको थियो । अहिले विद्यालय प्रशासनले समेत बालकको सुरक्षा र आमाछोरा जस्तो पवित्र सम्वन्धलाई कुठाराघात गरी बालकको भविष्यमाथि खेलवाड भएको भन्दै प्रेस बिज्ञप्ती निकालेर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको थियो । आयोगले जिल्ला वालकल्याण समितिका बाल अधिकृत बद्री वाग्ले, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत सोधपुछ गरी घट्नाको बारेमा जानकारी लिने जनाएको छ । यो पनि पढ्नुहोस : पेटको बच्चा आफ्नै छोराको किन भनिन् आमाले ? गर्भमा रहेको बच्चा १४ वर्षका छोराको भनेपछि ...
Posted on: Thu, 29 Aug 2013 13:06:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015