बिहान घरमा फ़ोन गरेँ, - TopicsExpress



          

बिहान घरमा फ़ोन गरेँ, आमाले उठाँउनु भो। बिजयादशमीको सुभकामना दिएँ। अनि सोधेँ " आमा मासु पक्यो त?" भन्नु भो "पाक्दै छ बाबु अनि तिमी पनि मनाउँ है।" आमाको मन राख्न हस् भनेँ। तर के मनाउनु छ र! बिहान आखाँ मिच्दै काममा आयो, झिसमिसेमा कोठा पुगीन्छ। दिनभरिको थकाई के जाँगर चल्छ र! आलु र प्याज भुलुक्क उमाल्यो खायोँ। यहाँ त यस्तै छ साथी दशैँ। समयको साथ पाउनुहुने भाग्यमानी मित्रहरुले सुखी र खुशीका साथ भरपुर दशैँ मनाउनु होला। तपाईहरु सप्पैलाई मेरो तर्फबाट बिजयादशमीको हार्दिक मँगलमय शुभकामना।
Posted on: Fri, 04 Oct 2013 15:17:24 +0000

Trending Topics



Recently Viewed Topics




© 2015