भोलि नेकपा–माओवादीको - TopicsExpress



          

भोलि नेकपा–माओवादीको मध्यपश्चिमान्चल बन्द कार्यक्रम ज्ञवा संचार | भदौ ३० | चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भोलि सोमबार (भदौ ३१ गते) मध्यपश्चिमान्चल बन्दको कार्यक्रम रहेको जनाएको छ | नेकपा–माओवादीले पहिले नै आफ्ना बन्दको तालिका सार्बजनिक गरेर आफ्नो बन्दका कार्यक्रमलाइ निरन्तरता दिदै आएको ड्यास माओवादी स्रोतले बताएको छ |नेकपा–माओवादीले सार्बजनिक गरेको तालिका अनुसार भोलि ३१ गते मध्यपश्चिम क्षेत्र अन्तर्गत रुकुम, सल्यान, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ्, म्याग्दी, गोरखा, लम्जुङ्, मनाङ्, मुस्ताङ्, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, कपिलवस्तु, रुपन्देही, र नवलपरासी जिल्ला बन्द रहने छन् |नेकपा–माओवादीले गर्दै आएको बन्दको समर्थन र बिरोध उत्तिकै हुँदै आएको छ | नजिकिदै गरेको संबिधान सभाको दोस्रो निर्वाचन र बन्द हड्तालका कार्यक्रमले निर्वाचनलाइ प्रतक्ष्य र अपर्तक्ष रुपमा असर पार्ने हुँदा बन्द गर्नु जाहेज नहुने जनगुनासो छ | पक्कै पनि बन्द कुनै पनि मागको बिकल्प होइन |
Posted on: Sun, 15 Sep 2013 03:56:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015