माया र शंका एक अर्काको - TopicsExpress



          

माया र शंका एक अर्काको परिपूरक हुन । जाहा माया हुन्छ त्यहा शंका पनि निश्चय नै हुन्छ । बास्तवमा धेरै जसोले के सोच्छन् भने शंका गर्ने मान्छेले माया गरेको हुदैन तर यो बिलकुलै गलत सोच हो मेरो एकलौटी बिचारमा ।शंका गर्नु भनेकै उसले तपाईलाइ धेरै माया गर्नु हो । किनभने उसले तपाईको धेरै केयर गरीरहेको हुन्छ । एउटा कुरा याद राख्नुहोस जुन ब्यक्ति तपाई प्रति तडपिदैन त्यसले तपाईलाइ माया गरेको हुदैन ।तपाई अरू संग बोलेको, हासेको अनि हिडेको देख्दा उसले शंका गर्छ नै । शंका नगरोस पनि कसरी बिचरा ले उसको मुटु तपाइ प्रती तड्पिने भएर नै हो उसले शंका गरेको ।नत्र भने किन फोकटमा शंका गरीरहन्छ होला त? किन उसको अमूल्य समय तपाईप्रति खर्च गर्छ होला त ? म पनि कसैलाइ माया गर्छु र शंका पनि गर्छु तर उसले भन्ने गर्छ तपाईले मलाई मायानै गर्नु हुन्न ।अनि उसले भन्छ म तपाईलाइ माया गर्छु तर म कसैसंग बोलेको हासेको अनि हिडेको देख्दा मलाइ केही पनि भन्दैन शंका पनि गर्दैन तर म बुझ्ने गर्छु मलाइ उसले माया नै गर्दैन किनभने म अरू अन्जान केटी संग हिड्दा किन उसले मलाई केही भन्दैन? सायद मलाई साचिकै माया गर्ने भए अनि मेरो निम्ति तड्पिने भए किन उसले मलाई शंका गर्दैन ?
Posted on: Wed, 07 Aug 2013 05:57:28 +0000

Recently Viewed Topics




© 2015