मतपरिणामले ल्यायो - TopicsExpress



          

मतपरिणामले ल्यायो नेप्सेमा छलाङ संविधानसभा निर्वाचनको मत परिणामले पूँजी बजारका लगानीकर्तामा आत्मविश्वास बढाएको छ । चुनाव शान्तिपूर्ण हुँदैन कि भन्ने आशंकाले भयभित भएका लगानीकर्ता परिणामसँगै उत्साहित भएपछि बिहीबार नेप्सेमा तीन पटकसम्म सर्किट ब्रेकर लागेर कारोबार नै बन्द भयो । सामन्यतया शेयरधनीहरु कांग्रेसलाई पत्याउने गरेको शेयर विष्लेषकहरु बताउाछन् । भोलिका दिनबाट नेप्सेमा व्यापक सुधार आउने उनीहरुको विश्वास रहेको छ ।बिहीबार नेप्से ३३.८८ अंकले बढेर ६३४.३ अंकमा पुगेको छ । नेप्सेमा कारोबार गर्ने सबै समूह बिहीबार हरिया भएका छन् ।
Posted on: Thu, 21 Nov 2013 09:51:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015