मलेसिया अलपत्र छोरालाई - TopicsExpress



          

मलेसिया अलपत्र छोरालाई फर्कादिन बुवाको अपिल ============================ राजविराज, आश्विन ९ - रोजगारीकालागि मलेसिया पुगेका सप्तरीका एक युवक नेपाली म्यानपावर कम्पनीको लापरबाहीले एक महिनादेखि अलपत्र परेका छन् । म्यानपावर कम्पनीको सम्झौता अनुसार काम र दाम दुवै नपाएपछि सप्तरीको बनरझुल्ला गाविस ६ का ललितनारायण विश्वकर्मा गत भदौ ११ गतेदेखि मलेसियामा अलपत्र परेका हुन् । काठमाडौंको गोङगबुस्थित लिंक स्टार म्यानपावर सर्भिसेज प्रा.लि मार्फत डेढ महिनाअघि उनी मलेसिया पुगेका थिए । तर, काम गर्न भनिएको मलेसियास्थित भिक्टोरिया फाईभ स्टार होटल मालिकले सम्झौता अनुसार काम र दाम नदिई राहदानी जफ्त गर्दै विश्वर्मालाई बाहिर निकालिदिएको पीडित परिवारको भनाइ छ । गोङगबु प्रहरीले असोज २ गते नै साता दिनभित्र विश्वकर्मालाई नेपाल फकाईदिन भनि म्यानपावन कम्पनीका प्रमुख कञ्चन लामासित सहमति गराईदिएपनि हालसम्म छोरा फर्किन नसकेको बुवा दिपनारायणको गुनासो छ । छोरा मलेसियामै अपलत्र परेको पीडाले सप्तरीस्थित उनको घरमा रुवावासी नै चलेको छ । मलेसियामा अलपत्र परेका विश्वकर्माको भिजिट भिसा सकिएको दुई दिन भइइसकेकोले मलेसियन प्रहरीले पक्राउ गर्नसक्ने सम्भावनासमेत बढेको छ । म्यानपावर कम्पनीले छोरालाई फिर्ता ल्याउन पछिल्लो पटक पुनः २५ हजार रुपैयाँ लिएपनि छोरा आउन नसकेको बुवा दिपनारायणको भनाइ छ । जसरी भएपनि छोरालाई घर ल्याईदिन सम्बन्धित निकाय र सरकारसँग उनले अपिल गरेका छन् ।
Posted on: Wed, 25 Sep 2013 07:01:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015