यातनाबाट थुनुवाको - TopicsExpress



          

यातनाबाट थुनुवाको मृत्यू भएको पुष्टी डिएसपी सहित ११ जनालाई कारबाहीको सिफारिस खोटाङ, भदौ १९ – उपचारका क्रममा ज्यान गुमाएका खोटाङका एक थुनुवाको प्रहरीको यातनाबाट ज्यान गएको पुष्टि भएको छ । हत्याको आरोपमा गत जेठ २८ गते पक्राउ परेका पाथेका २ का १८ वर्षिय किरण राई भुदेउको ज्यान गएपछि गरिएको अनुसन्धानमा प्रहरीले यातना दिएको पुष्टी भएको हो । राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धानबाट थुनुवा राईको यातनाबाटै ज्यान गएको पुष्टी भएको आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिनुभयो । आयोगले पठाएको जानकारीपत्र आयोगकै उपक्षेत्रीय कार्यालय दिक्तेलबाट बुझेको मृतकका काका रञ्जिप राईले बताउनुभयो । आयोगले यातनामा संलग्न प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्का, प्रहरी नायब निरीक्षकहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद बिडारीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महल बमोजिम कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई सिफारिस गरेको छ । तत्कालीन प्रहरी नायव उपरीक्षक राजिवबहादुर बस्नेत र प्रहरी निरीक्षक रमेशकुमार देवलाई पनि विभागीय कारबाही गर्न आयोगले पत्र पठाएको घिमिरेले बताउनुभयो । भूदेउको गत असार २६ गते विहान ११ बजे उपचारका क्रममा जिल्ला अस्पताल दिक्तेलमा ज्यान गएको थियो । कुटपीट र चरम यातनाबाट राईको ज्यान गएको भन्दै मृतकका आफन्तले राष्ट्रिय मानव अधिकार आयोगलाई छानबीनका लागि आग्रह गरेका थिए । आफन्तले राईको मृत्युलाई शंकास्पद मानेपछि जिल्ला बाहिरका चिकित्सक ल्याएर मानव अधिकारकर्मीको रोहबरमा चार दिनपछि शवको पोष्टमार्टम गरिएको थियो । घटनाको बिषयमा अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत जीवन न्यौपाने खोटाङ आउनुभएको थियो ।
Posted on: Wed, 04 Sep 2013 23:06:41 +0000

Trending Topics



" style="margin-left:0px; min-height:30px;"> Where Can I Buy OtterBox Waterproof Universal Case Clear , LIMITED
DA LI STE ZNALI DA POSTOJE I ŠUMSKI VRTIĆI? Šumski vrtić je
Meus filhos Ccmjotenses e amigos, estou disponibilizando alguns
* 22nd October 2013 * Put that date in your diary!! We are having

Recently Viewed Topics




© 2015