यो नेपाल भन्ने मुलुक - TopicsExpress



          

यो नेपाल भन्ने मुलुक साम्राज्यवादी चिन्तकहरुको चंगुलमा नपरोस्... साम्राज्यबादका कुरा गर्दा छिमेकी मित्र राष्ट्र भारत जो झन्डै १०० बर्ष सम्म (१७५६–१८५७) ब्रिटिश ईस्ट इण्डिया कम्पनीको साम्राज्य वा उपनिवेशमा रह्यो, साम्राज्यबादी कम्पनीले अख्तियार गरेको नीति / रणनीति / कार्यनीति बारे केहि रोचक घटनाक्रमबारे चर्चा गर्नु सान्दर्भिक हुने छ भन्ने ठानेको छु / ब्रिटिश ईस्ट इण्डिया कम्पनी खासमा भारतसंग व्यापार गर्ने ध्येएले २१ बर्षे व्यापारिक स्वीकृति र सम्झौता सहित सन् १७५६ मा भारत छिरेको थियो / सुरु सुरुमा सूरत, आगरा, अहमदाबाद तथा भड़ोचमा आफ्ना व्यापारिक केन्द्र मार्फत ब्यबशाय थालेको यस कम्पनिले क्रमसः योजनाबद्ध रुपमा खास गरेर समुन्द्री किनाराका सहरहरु जस्तै मचिलीपटणनम्, बालासोर, मद्रास, हुगली, बंबई, तथा कलकत्ता आदिमा शक्तिशाली व्यापारिक केन्द्रहरुको स्थापना गर्यो / प्रचुर मात्रामा रहेको भारतीय प्राकृतिक श्रोत र साधनबाट आकृष्ट भएको ब्रिटिश ईस्ट इण्डिया कम्पनीले त्यसबेलाको कमजोर भारतीय युद्धनीति तथा युद्धबन्दोबस्तीको स्थिति लगाएत सुसुप्त र खुकुलो राजनीतिक अबस्थालाइ मोहोरा बनाइ कालान्तरमा केहि ठुला शहरहरुमा समेत राजनीतिक शक्ति केन्द्रहरुको स्थापन गर्यो / यसप्रकार क्रमिक रुपमा केहि प्रभाकारी ब्यापारी तथा राजनीतिज्ञहरुसंग समेत सम्बन्ध बिस्तार गरेर भारतिय राज्यसत्तामाथि कब्जा गर्दै साम्राज्यबाद कायम गर्न सफल भएको कुरा इतिहासमा उल्लेख छ (ब्रिटिश ईस्ट इण्डिया कम्पनी विकिपीडिया) / यद्धपि, दह्रो सामाजिक संरचना, धार्मिक सहिष्णुता र उच्च मनोवल लिएर बाचेका भारतीयहरुबाट त्रशित मनोविज्ञानमा रहेको ब्रिटिश ईस्ट इण्डिया कम्पनीद्वारा भारतीयहरुलाई सदा सर्बादाका लागि दासताको मनोवृत्तिमा कसरि ढालन सकिन्छ ? भन्ने रणनीतिक चालको तानाबुना बुन्ने सोच बनायो / आफ्नो बिस्तारबादी नीति अनुसार Lord Macaulay नाम गरेका एक जना ब्रिटिशलाइ बास्तबिक परिस्थितिको विश्लेषण सहित सुझाब लिने हेतुले भारतको भ्रमण गराइयो / भारत भ्रमण पश्यात Macaulay ले तयार पारि १८३५, २ फेब्रुअरीका दिन बेलायती संसदमा पेस गरिएको उक्त दस्ताबेजको निम्न अंस चाखलाग्दो मात्र नभइ नेपालको बर्तमान राजनीतिक परिप्रेक्ष्यमा अति सान्दर्भिक पनि छ / “I have traveled across the length and breadth of India and I have not seen one person who is a beggar, who is a thief such wealth I have seen in this country, such high moral values, people of such caliber, that I do not think we would ever conquer this country, unless we break the very backbone of this nation, which is her spiritual and cultural heritage, and, therefore, I propose that we replace her old and ancient education system, her culture, for if the Indians think that all that is foreign and English is good and greater than their own, they will lose their self-esteem, their native, culture and they will become what we want them, a truly dominated nation” (Lord Macaulay’s Address to the British Parliament, 2 February, 1835) सामाजिक, सांस्कृतिक, धार्मिल तथा सैक्षिक् आदि क्ष्ँेत्रमा साम्राज्यबाद बिस्तार सम्बन्धि Lord Macaulay को उपरोक्त सुझाब बमोजिम ब्रिटिश ईस्ट इण्डिया कम्पनीले दिर्घकालिन रणनीतिक कार्य योजना (Strategic Plan of Action) तयार पारि भारतलाइ सदा सर्बदाका लागि आफ्नो साम्राज्य र भारतबासीलाई सदैब दास बनाइ राख्ने ताना-बुना बुन्दै थियो / यद्धपि माहात्मा गान्धीको नेतृत्वमा भएको स्वतंत्रता संग्रामपछी सन् १८४७ मा भारत स्वतन्त्र हुनुका साथै यो कम्पनीको विलय भयो / आखिरमा गएर ब्रिटिश ईस्ट इण्डिया कम्पनीलाइ जेको डर थियो त्यहि भएरै छाड्यो... देशभक्त, स्वाभिमानी, एकताबद्ध विर भारतबासीको अगाडी केहि जोह्र चलेन / हाम्रा माओबादी साथिहरुभने बाह्य शक्तिको आडमा आजपनि झन्डै १५० बर्ष पुरानो Macaulay’s रणनीतिको राजमार्गमा दौडदै छन् / नेपाली समाज डोर्याउने शाश्वोत शिद्धान्तहरुलाई कुल्चिएर, धर्म संस्कृति मुल्य मान्यतालाइ लत्याएर, इतिहासलाई केरमेट गर्दै छेत्रिय, जातिय, भाषीय, लैंगिक पहिचान जस्ता बिखण्डनकारी दृष्टिकोण सहित नेपाल र नेपालीको अस्तित्वको धरोहरलाइ ध्वस्त पार्नमा तल्लिन छन् / साम्राज्यबाद स्थापनाको लागि Macaulay ले भनेझै शायद नेपालको विद्धमान सुसंस्कृति, सामाजिक सद्भाब र एकता, देशभक्तिको भावाना लगाएत नेपाली जनताको उच्च नैतिकता र मनोबल, आध्यात्मिक चिन्तन, मुल्य मान्यता र सभ्यता, धार्मिक सहिष्णुता आदि इत्यादि सात्विक शक्ति उनीहरुका लागि टाउको दुखाइको बिषय बनेका छ / माथि उल्लेखित Lord Macaulay को दस्ताबेजको अंसलाइ राम्ररी पढेर बुझेर मनन् गरौ / कुनैपनि देसहका जनताहरु जतिसुकै गरिब दु:खि निसाहाय निहात्ता किन नहुन्... जबसम्म देशभक्तिको भावाना, सामाजिक एकता र सद्भाब, सास्कृतिक, धार्मिक, आध्यात्मिक चिन्तन सोच बुझ र आ-आफ्नो मूल्य मान्यतामा उच्च मनोवल सहित अडिग रहेर एक ढिक्का भइ बस्छन् तबसम्म टाँगोले पनि छुन नसक्ने रहेछ भन्ने कुरा Macaulay को दस्ताबेजले समेत प्रष्ट्याएको छ / तसर्थ नेपाली-नेपाली एक ढिक्का भइ, परापूर्व कालदेखि सार्बभौम र स्वतन्त्र रही आएको यो नेपाल भन्ने मुलुकलाइ साम्राज्यवादी रतन्धा चिन्तकहरुको चंगुलबाट बचाउने कि नबचाउने भन्ने अहम प्रश्न हाम्रो सामु छ / राम्ररि सोच्ने बेला आइसकेको छ / अघि पनि जानिन... पछि पनि जानिन... बाघ लाग्यो घिच्याउँन... अनि लागि चिच्याउन... भने जस्तो न होस् / बेलैमा सचेत होऔ / संबिधानसभाको निर्बाचन हुने दिन नजिकिदै छ... सोचे-सम्झेर बिचारपूर्बक आ-आफ्नो मताधिकारको उपयोग गरौ / गलत ठाउ र बिचारको पच्छेमा आफ्नु मत् नजाओस् / सबै नेपालिलाई चेतना भया / जय होस्... मंगल होस् /
Posted on: Fri, 27 Sep 2013 04:21:04 +0000

Trending Topics



div class="stbody" style="min-height:30px;">
NYSC Mobilization Time Table For 2013 Batch C S/NO Event Date 1.

Recently Viewed Topics




© 2015