यसरी चलाउनुस् गुगललाई - Tips - TopicsExpress



          

यसरी चलाउनुस् गुगललाई - Tips & Tricks For Google Search तपाई गुगल कत्तिको चलाउनुहुन्छ ? संसारको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन चलाउन नजान्ने सायद कोहि छैनौँ होला । पहिलोपल्ट प्रयोग गरेको मानिसले पनि गुगल खोलेपछि त्यहाँ कुनै कुरा लेखेर सर्च बटनमा क्लिक गर्यो भने सम्बन्धित कुराहरु भेटिने रैछ भनेर सजिलै बुझ्न सक्छ । तर गुगल यतिमा मात्र सिमित छैन । एउटा कुनै शब्द वा वाक्य टाईप गर्दा लाखौँ नतिजा दिने गुगलमा आफ्नो आवश्यकताअनुसार खोजिएका कुराहरु तुरन्तै पाउन र अनावश्यक रिजल्टहरुबाट छुटकारा पाउनका लागि जानिराख्नुपर्ने केहि उपाएहरुको बारेमा यो पोस्ट तपाईहरुका लागि उपयोगि हुनसक्छ । सबैभन्दा पहिला गुगल सर्चसँग सम्बन्धित केहि सामान्य र आधारभूत नियमहरु थाहा पाईराख्नुस् : 1. सर्चका लागि टाइप गरिने शब्दहरु (Keyword) मध्ये पहिलो शब्द सबैभन्दा महत्वपूर्ण हुन्छ र सोहि क्रममा रिजल्ट आउँछ । 2. सर्च गरिने वाक्यमा . , ! ? आदि चिह्नहरुको कुनै अर्थ हुदैँन । त्यसैले प्रयोग गर्नु र नगर्नु एउटै हुन्छ । 3. Capital Letter (UPPERCASE) वा Small Letter (lowercase) जुनसुकैमा टाईप गरेतापनि दुबै एकै मानिन्छन् र आउने सर्च रिजल्टमा फरक पर्दैन । 4. सुरुका दशओटा शब्द पछाडिका अरु शब्दले कुनै महत्व राख्दैनन् । 5. Spelling Mistake भएमा सर्च रिजल्ट फरक पर्छ । तैपनि गुगलले सहि Spelling साथ सर्च गर्नका लागि मौका दिन्छ । 6. Singular र Plural शब्दहरुलाई गुगलले फरक रुपमा हेर्ने हुदाँ रिजल्ट फरक पर्छ । 7. THE, IN, IT, IS, WAS, WILL, BE आदि शब्दलाई गुगलले महत्व दिदैँन । यि त भए सामान्य कुराहरु । अब लागौँ गुगलका केहि विशेष विशेषताहरुतर्फ । जसमार्फत् सर्च रिजल्टमा आफूले खोजेकै कुराहरुलाई आफ्नो आवश्यकताअनसार छोटो समयमा नै प्राप्त गर्न सकिन्छ र अनावश्यक सर्च रिजल्टको झन्झट पनि हुदैँन। टाईप गरेको कुरा जस्ताको तस्तै पाउन (Google For Exact Phrase Search) : आफूले खोज्न लागेको कुरा जस्ताको तस्तै पाउन चाहानुहुन्छ भने त्यो वाक्य वा शब्दमा " " राखेर सर्च गर्नुहोस् । जस्तै: "i love nepal" कुनै साइटभित्र खोज्न (Google To Search Within A Specific Website) : कुनै निश्चित साईटभित्र केहि खोज्न चाहानुहुन्छ भने site: लेखेर साईटको नाम लेख्नुहोस र आवश्यक कुरा लेखि सर्च गर्नुहोस् । जस्तै: site:sajilosansar.tk free sms समय पत्ता लगाउन (Google To Locate Time) : Google को प्रयोगबाट कुनै स्थानको समय जान्न चाहानुहुन्छ भने time लेखेर ठाउँको नाम लेख्नुहोस् र सर्च गर्नुहोस् । जस्तै: time kathmandu छुटेको शब्द पत्ता लगाउन (Finding Missing Words/Phrases) : कुनै वाक्य पुरा थाहा छैन तर त्यसबारे सर्च गर्न र रिजल्ट पाउन चाहानुहुन्छ भने * लेखेर सर्च गर्नुहोस् । जस्तै: dog has * legs परिभाषा खोज्न (Google Dictionary) : कुनै शब्दको परिभाषा जान्न चाहानुहुन्छ भने define: लेखेर शब्द लेख्नुहोस र सर्च गर्नुहोस् । जस्तै: define: computer गुगल क्याल्कुलेटर (Google Calculator) : : गुगलमा कुनै हिसाब गर्न चाहानुहुन्छ भने अंकको बिचमा +, -, *, / आदि लेखेर सर्च गर्नुहोस् । जस्तै: 105+208, 198-89, 58*5, 309/75, sin(60) चाहेको फर्म्याटमा फाइल खोज्न (Google To Search For Specific File Type) : कुनै निश्चित फर्म्याटको फाईल खोज्न चाहानुहुन्छ भने filetype: लेखेर चाहेको फर्म्याट लेख्नुहोस अनि सर्च गर्ने कुरा टाईप गरी सर्च गर्नुहोस् । जस्तै: filetype:pdf history of nepal युनिट रुपान्तरण गर्न (Google For Unit Conversion) : जस्तै, 1 मिटरलाई यार्डमा बदल्नको लागि 1 metre in yard टाईप गरेर सर्च गर्नुहोस् । मुद्रा रुपान्तरण गर्न (Google For Currency Conversion) : जस्तै, 1 Euro लाई Dollar मा बदल्नको लागि 1 Euro in USD टाईप गरेर सर्च गर्नुहोस् । सर्च रिजल्टमा नचाहिएको शब्द वा वाक्य हटाउन (Exclude A Word or Phrase From Search Results) : कुनै निश्चित शब्दलाई सर्च रिजल्टबाट हटाउन चाहानुहुन्छ भने आवश्यक कुरा लेखि - लेखेर शब्द लेख्नुहोस सर्च गर्नुहोस् । जस्तै: mouse-computer ले कम्प्युटरसगँ सम्बन्धित बाहेक अरु mouse लाई देखाँउछ । source: sanosansa
Posted on: Tue, 24 Sep 2013 00:31:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015