राज्य सदस्य सहित १५ - TopicsExpress



          

राज्य सदस्य सहित १५ जनाले नेकपा माओवादी छाडे KRISH KIRATI इलाम, विराटनगर, कात्तिक २६ – निर्वाचन बहिस्कारमा लागेको नेकपा-माओवादीका राज्य समिति सदस्य सहित १५ जनाले पार्टी परित्याग गरेका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी हिंसात्मक बन्दै गएकोले परित्यागको घोषणा गरेका हुन् । पार्टी छाड्नेहरुमा कोचिला राज्य समिति सदस्य उत्तम ढुंगेल, नेवा मुक्ति मोर्चाका जिल्ला सदस्य लबकुश ताम्राकार, नेवा मुक्ती मोर्चाका जिल्ला साल्लाहकार धु्रब डंगोल, जिल्ला सदस्य उत्तम श्रेष्ठ, अनेमसंघ जिल्ला सदस्य ललिता पण्डे, जुना श्रेष्ठ रहेका छन् । त्यस्तै कैलाश जोशी, केशब भुजेल, परशुराम श्रेष्ठ, आकाश तामाङ लगायतका नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् । नेकपा माओवादी शान्ति प्रक्रियामा आउन नचाहेको तथा नेपाली जनतालाई दु:ख दिने नियतका साथ अगाडि बढेकोले पार्टी परित्याग गरेको राज्य समिति सदस्य उत्तम ढुंगेलले बताउनु भयो । अहिले कुन पार्टीमा जाने बिषयमा नसोचेपनि एकीकृत नेकपा माओवादीमा जाने संभावना धेरै रहेको उहाँले बताउनुभयो ।
Posted on: Tue, 12 Nov 2013 08:22:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015