रंगशालाको टिकट मुल्य - TopicsExpress



          

रंगशालाको टिकट मुल्य बढ्यो अखिल नेपाल फूटबल संघ एन्फाले साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनल र फाइनलका लागि दशरथ रंगशाला प्रवेश गर्ने टिकटको मूल्य बढाएको छ । अब साधारण प्याराफिटका लागि ५ सय र भिआइपी प्याराफिटका लागि १ हजार रुपैयाँ टिकट मुल्य तोकिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि टिकट मुल्य साधारण प्याराफिटमा ३ सय र भिआइपीमा पाँच सय रुपैयाँ थियो । १८ हजार जनाको क्षमता रहेको प्याराफिटमा नेपालको खेल भएको दिन खेल शुरु हुनुभन्दा दुईतीन घण्टा अघि नै सबै टिकट विकिसक्ने गरेको छ । नेपाल र भारतको खेलका दिन टिकट ब्ल्याकमा बेचिएको र साधारण प्याराफिटको टिकट नै ब्ल्याकमा १ हजारसम्ममा किनेको दर्शकले बताएका थिए ।
Posted on: Sat, 07 Sep 2013 02:03:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015