रक्सी खाएका सशस्त्रको - TopicsExpress



          

रक्सी खाएका सशस्त्रको कुटाइबाट प्रहरी जवान घाइते १७ असार, वीरगञ्ज । सशस्त्र प्रहरीको कुटाईबाट वीरगञ्जमा नेपाल प्रहरीका तीनजना जवान घाइेत भएका छन् । सशस्त्र प्रहरीले इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामेश्वर झा, सर्वेश प्रसाद साह र सन्जय कुमार जयसवाललाइ कुटपिट गरि घाइते बनाएका हुन । घाइते प्रहरी जवानहरुको टाउकोमा चोट लागेको छ भने उनिहरुको बर्दी पनि च्यातिएको छ । वीरगन्जको रजत जयन्ती चोकस्थित मदिरा पसलमा गएराति ११ बजे तिर मदिरा सेवन गरिरहेका सशस्त्र प्रहरीका हवल्दार सहितका चार जना सुरक्षाकर्मीले पसलेलाइ नै कुटपिट गरेपछि इनर्वा प्रहरी चौकीबाट पुगेका नेपाल प्रहरीका टोलीले सोधपुछ गर्ने क्रममा मदिरा सेवन गरेका सशस्त्र प्रहरी र नेपाल प्रहरी बिच विवाद भएको थियो । विवादका क्रममा मदिराको नशामा रहेका सशस्त्र प्रहरीले नेपाल प्रहरीका जवानहरु माथि हातपात गर्दै कुटपिट गरेपछि पिडित नेपाल प्रहरीका जवानहरु झा , साह र जयसवाल, गुनासो गर्न वीरगन्ज भन्सार राजश्व गस्ती टोलीका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरिक्षक सुमित महर्जन समक्ष पुगेका थिए । सशस्त्र प्रहरी नायव उपरिक्षक महर्जनले गुनासो सुन्नुको सटटा आफुहरुलाइ नियन्त्रणमा लिएर मरणासन्न हुने गरि कुटपिट गरेको पिडित नेपाल प्रहरीका जवानहरुले बताएका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले रजत जयन्ति चोकमै मदिरा सेवन गरेका सशस्त्र प्रहरीका चार जना सुरक्षाकर्मीले नेपाल प्रहरीका दुइ जना जवानलाइ कुटपिट गरेको बताउनु भयो । मदिराको नशामा रहेका सशस्त्र प्रहरीले पसलेलाइ कुटपिट गरेपछि विवाद सुल्झाउन पुगेका नेपाल प्रहरीका दुइ जना जवानलाइ सशस्त्र प्रहरीले कुटपिट गरेको र दोषी सशस्त्र प्रहरीहरु अहिले सशस्त्र प्रहरीकै हिरासतमा रहेको उहाँले बताउनु भयो ।
Posted on: Mon, 01 Jul 2013 08:50:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015