रमेश घिमिरे २० असार, - TopicsExpress



          

रमेश घिमिरे २० असार, काठमाडौं । जीवन बीमा कम्पनीहरुको कारोबारमा सन्तोषजनक वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा १५.६६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ जीवन बीमा कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये २ अर्ब ७९ करोड प्रथम बीमाशुल्क रहेको छ । गत वर्ष यो अवधिमा ती कम्पनीले कूल ९ अर्ब ३ करोड रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेका थिए । life insurance in nepal एनएलआईसी पहिलो जीवन बीमा कम्पनीको परफरमेन्स स्थान गत सालको तुलनामा लगभग यथावत रहेको छ । गत वर्षजस्तै यस पटक पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बनेको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म दुई अर्ब ५३ करोड बीमाशुल्क आर्जन गरेको छ । प्रथम बीमाशुल्क ८० करोड ८७ लाख आर्जन गरेको छ, जुन कुल प्रथम बीमाशुल्कको २९ प्रतिशत हो । नेसनल र एलआईसीको स्पर्धा यस पटक एक स्थान उक्लेर दोस्रो बनेको लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसमध्ये प्रथम बीमाशुल्क ५१ करोड ६६ लाख रुपैयाँ छ, जुन १८.५ प्रतिशत हो । सानो अंकले नेसनल लाइफ इन्स्योरेन्स भने एक स्थान ओर्लेर तेस्रो बनेको छ । यस कम्पनीले १ अर्ब ५२ करोड बीमाशुल्क आर्जन गरेको छ । नेसनलले प्रथम बीमाशुल्क ४९ करोड रुपैयाँ संकलन गरी १७.६७ प्रतिशत बजार लिएको छ । मेटलाइफ र संस्थान तलमाथि चौथो स्थानमा गत साल थोरै अंकको अन्तरले मेटलाइफ इन्स्योरेन्स रहेकोमा अहिले थोरै अंकको अन्तरले राष्ट्रिय बीमा संस्थान उक्लेको छ । यी कम्पनीले क्रमशः १ अर्ब २१ करोड र १ अर्ब २० करोड बीमाशुल्क आर्जन गरेका छन् । प्रथम बीमाशुल्कमा भने मेटलाइफले नै जितेर क्रमशः बजार हिस्सा ५.०८ र ५.७३ प्रतिशत रहेको छ । बढेन प्राइमको प्रथम बीमा एसियन लाइफ इन्स्योरेन्स छैठौं स्थानमा यथावत रहेको छ । यस कम्पनीले कुल ८० करोडको बीमाशुल्क आर्जन गरेको छ भने प्रथम बीमा शुल्क १३ करोड ३८ लाख रुपैयाँ मात्र आर्जन गरेको छ । प्रथम बीमा शुल्कको आधारमा एसियनको स्थान सातौं नम्बरमा रहेको छ । कूल बीमाशुल्क आर्जनमा प्राइम लाइफ इन्स्योरेन्सको स्थान अहिले पनि आठौं रहेको छ । प्रथम बीमा शुल्कमा भने यो कम्पनी चौथो स्थानमा रहेको छ । प्राइमले ४४ करोड ६२ लाख प्रथम बीमाशुल्क आर्जन गरेको छ, जुन १६ प्रतिशत बजार हुन आउँछ । गत वर्षको तुलनामा प्राइमले प्रथम बीमामा १ करोड रुपैयाँ मात्र बढी संकलन गर्न सकेको छ । सुध्रेनन् गुराँश र सूर्या गुराँश र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो परफरमेन्समा कुनै सुधार ल्याउन सकेका छैनन् । यी कम्पनीले प्रथमबीमा शुल्कमा क्रमशः २ र १.२५ प्रतिशत मात्र बजार लिन सकेका छन् । गुराँश लाइफले लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त गर्न सकेको छैन । कम्पनीले सिईओमा नियुक्त गरेका सुनिल देवकोटालाई योग्यता नपुगेको भनी बीमा समितिले हटाउन निर्देशन दिएपछि उनैलाई विशेषज्ञ सल्लाहकारको रुपमा नियुक्त गरी कम्पनी सञ्चालन गरिएको छ । कम्पनीको परफरमेन्स तुलना पुराना जीवन बीमा कम्पनीको बिमाशुल्क बढी हुनु स्वाभाविक हो किनकि १०/२० वर्षका लागि गरिएका जीवन बीमाको नविकरण शुल्क यस्ता कम्पनीमा धेरै हुन्छ । त्यसैले कम्पनीको परफरमेन्स तुलना गर्दा सामान्यतयाः नयाँ बिमालेख अर्थात प्रथम बीमाशुल्कको आधारमा गरिन्छ । माथि उल्लेखितमध्ये प्राइम, एसियन, सूर्या र गुराँश ६ वर्षभन्दा कम उमेरका कम्पनी हुन् । - See more at: onlinekhabar/2013/07/89673/#sthash.IjsiR3DV.dpuf
Posted on: Mon, 23 Sep 2013 10:48:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015