रेग्मीका एडिसी प्रक्राउ - TopicsExpress



          

रेग्मीका एडिसी प्रक्राउ गर्ने इन्स्पेक्टरको सरुवा (r).................. काठमाडौं,भदौ १२–मदिरा सेवन गरी प्रहरीलाई दुव्र्यबहार गर्ने सैनिक अधिकारीलाई पक्राउ गर्दा इन्स्पेक्टरको सरुवा भएको छ । सरकार प्रमुख रेग्मीका एडीसी नेपाली सेनाका प्रमुख सेनानी सुनिल श्रेष्ठलाई पक्राउ गर्ने इन्स्पेक्टर महेन्द्र कार्कीको सरुवा भएको हो । प्रधानमन्त्री कार्यालयकै दबाबमा ललितपुर पुल्चोक प्रभागका प्रमुख इन्स्पेक्टर काकीको तीन दिनअघि ललितपुर परिसरमा सरुवा भएको हो । महानगरीय प्रहरी आयुक्त कार्यालयले माथिल्लो निकाएको दबाबमा कार्कीलाई सरुवा गरी प्रभागमा इन्स्पेक्टर हर्क बिकलाई पठाएको छ । रेष्टुरेन्टमा तोकिएको समयभन्दा पछिसम्म मदिरा पिई होहल्ला र गाली गलौज गरेपछि रेष्टुरेन्ट बन्द गराउन गएका प्रहरीमाथि कर्णेल श्रेष्ठले दुव्र्यबहार गरेका थिए ।प्रहरीमाथि हातपात गरेपछि उनलाई पक्राउ गरिएका थियो । त्यही आरोपमा मथिल्लो निकाएको दबाबमा इन्स्पेक्टरको सरुवा भएको स्रोतले बतायो भन्दै आजको नयाँपत्रिका दैनिकले खबर छापेको छ ।
Posted on: Wed, 28 Aug 2013 03:58:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015