लिम्बुवान राजनीति लाइ - TopicsExpress



          

लिम्बुवान राजनीति लाइ नियाल्दा धेरै दुख लागेर आउछ, स्थलगत खटेका नेता कार्यकर्ता हरु धन सम्पति बिर्सिएर, घरबार भुलेर, जय लिम्बुवान को नारा घंकौदाई, सडक गल्लि तराइ पहाड झरी गर्मि जाडो मा अहोरात्र आन्दोलन र संघर्ष गरिरहेका छन, सबै जात जाती हातेमालो गरि लडिरहेका छन ,कामि दमाई राइ लिम्बु बाहुन क्षेत्रि सबै आन्दोलन मा होमिएका छन, ठिक उल्टो हामि चाही जान्ने पल्टिएर बडो क्रान्तिकारी बनेर इन्टरनेट बाट ति नै जात जातिका प्रतिनिधित्व गरेका हामी त काले र म भाले भन्दै झगडा गरिरहेका छौ, तिनै बिभिन्न जात जातिका मित्र हरुले फुर्सद मा त्यहि कुरा फेसबुकमा हेर्दाहुन उनीहरुलाई कस्तो लाग्दो हो ? के हामि नश्लीय आरोप प्रत्यारोप भन्दा केवल सिदान्त मा मात्र बहस चलाउन सक्दैनौ ? किन हामी सबै आवेगमा राजनीतिक नैतिकता लाई भुलिरहेका छौ ?
Posted on: Tue, 27 Aug 2013 20:09:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015