विचरा, उ पनि मरेछ! पचास - TopicsExpress



          

विचरा, उ पनि मरेछ! पचास वर्षको मात्रै थियो खुब पैसा कमाएको थियो के, के गर्छु भन्थ्यो विचरा मरिहाल्यो! आफू जन्मेको गाउंमा एउटा स्वास्थ्य चौकी खोल्ने आफू पढेको स्कूलमा एउटा विरूवा रोप्ने चौतारीमा बसेर "चिसो, चिसो हावामा…” त्यसै मन बराल्ने, कान्छीमायांको पसलमा छ्यांगमा मातिंदै साथीहरु भेट्ने उसलाई खुब रहर थियो विचरा मरिहाल्यो! छोराछोरीलाई गाउं घुमाउन ल्याउंछु भन्थ्यो बुवाआमाले भनेको मन्दीर बनाउंछु भन्थ्यो विचरा... गाउंको खुब चिन्ता गर्थ्यो "ब्यापार लागि समय अनुकूल छैन समय ठिक हुने वित्तिकै म सबै गरिहाल्छु" भन्थ्यो चौबिसै घण्टा खटिन्थ्यो नाम पनि कमाएकै थियो उसले त समयलाई पर्खियो समयले उसलाई पर्खिएन विचरा... मरिहाल्यो! १६ कार्तिक २०११ काठमाडौं
Posted on: Sun, 04 Aug 2013 04:31:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015