शैक्षिक दलालले फँसाएका - TopicsExpress



          

शैक्षिक दलालले फँसाएका पीडित विद्यार्थीहरुको मौरिससबाट करुण पुकार- सुनिदिने कोही छ कि छैन ? September 10th, 2013 तपाईँहरुले पत्रपत्रिकामा मौरिससमा पढ्ने, काम पाइने भन्दै लोभ्याउने खालका विज्ञापन प्रशस्तै देख्नुभएको होला। यस्तै विज्ञापनबाट आकर्षित हुनेहरुलाई शैक्षिक दलालहरुले भएका नभएका आश्वासन दिएर मोटो रकम कुम्ल्याएर मौरिसस पठाउँछन्। तर त्यहाँ पुगेपछि विद्यार्थीहरुको हालत कस्तो हुन्छ? सोच्नै नसकिने कहालिलाग्दो ! अहिले थुप्रै नेपालीहरु त्यहाँको एउटा सार्वजनिक पाटीमा र त्यहाँ नअटाएर बाहिर खुला ठाउँमा बसिरहेका छन्। उनीहरुले युट्युबबाट एउटा भिडियो सन्देश दिँदै आफूहरुलाई उद्धार गरिदिन सम्बन्धित सबैलाई करुण पुकार गरेका छन्। मौरिसस अफ्रिका महादेशभन्दा दुई हजार किलोमिटर दक्षिणपूर्वमा पर्ने सानो गणतन्त्रात्मक टापु देश हो। देशको क्षेत्रफल २०४० वर्ग किमि मात्रै छ। मौरिसस अफ्रिका महादेशभन्दा दुई हजार किलोमिटर दक्षिणपूर्वमा पर्ने सानो गणतन्त्रात्मक टापु देश हो। देशको क्षेत्रफल २०४० वर्ग किमि मात्रै छ। ७ सेप्टेम्बरमा रेकर्ड गरिएको भिडियोमा दुई युवकले बोलेका छन्। काठमाडौँका दिवस न्यौपानेले अङ्ग्रेजीमा बोल्दै आफूलाई पुतलिसडकको ब्रिटेन इन्टरन्यासनल एडुकेसनल ग्रुपका धीरज राईले पठाएको बताएका छन्। २९ जुनमा मौरिसस पुगेपछि आफ्ना सपना चकनाचुर भएको महसूस भएको बताउँदै आफूहरुलाई नेपालीहरुले नै ठगेको पीडा उनले पोखेका छन्। उनी भन्छन्- म इमिग्रेसनलाई अनुरोध गर्न चाहन्छु, कसैलाई पनि पढ्न भनी मौरिसस नपठाइदिनु होला। मिडिया र दूतावासलाई पनि आफूहरुको समस्या बुझिदिन उनले आग्रह गरेका छन्। त्यसैगरी काठमाडौँकै अमित विष्टले नेपालीमा बोल्दै आफू पनि ब्रिटेन कन्सलट्यान्सीबाटै धेरै सपना बोकी पढ्न आएको तर त्यहाँ पुगेपछि सबै सपना चकनाचुर भएको बताए। ‘हामीलाई कलेज र कन्सलट्यान्सीले यस्तो चेपुवामा पारे कि हामी न घरको न घाटको भयौँ’, उनले भिडियोमा भनेका छन्,’हामीले धेरै दुःख पाएका छौँ। सबै साथीहरु सार्वजनिक पाटीमा बसिरहेका छौँ। यहाँ नअटेर बाहिर पनि बसिरहनुभएको छ। हामीलाई खान बस्न साह्रै समस्या छ। यहाँका स्थानीय बासिन्दाले हामीलाई धेरै सहयोग गरेका छन्। मौरिससमा नेपाली दूतावास नभएकोले कसैगरी यो सन्देश कतै पुर्‍याएर जसरी भए पनि हामीलाई यहाँबाट फिर्ता गरी उद्धार गरिदिनु होला।’ कोही कोही त त्यहाँ चार महिनादेखि अलपत्र परेका रहेछन्। हेर्नुस् उनीहरुको सन्देश- youtube/watch?v=gfzKFL27OnA
Posted on: Tue, 10 Sep 2013 21:17:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015