श्रीमतीको जीउमा तातो - TopicsExpress



          

श्रीमतीको जीउमा तातो खोले खन्याएपछि … १६ मंसिर, बारा । तेर्‍ह वर्षको उमेरमा विवाह गरेर २३ वर्षसँगै बिताएकी सरस्वती भारतीलाई आफ्नै पतिले जीउमा तातो खोले खन्याउँदा उनी गम्भीर घाइते बनेकी छिन् । बारा, डुमरवाना-४ भारतीचोककी ३५ वर्षीया सरस्वतीलाई ४५ वषर्ीय पति थलबहादुरले शनिबार राति घरमा जुठो लोटाउँदै गर्दा भैँसीको लागि पकाएको खोले खन्याई घाइते बनाएका हुन् । तीन वर्षयता पतिबाट हिंसा भोग्दै आएकी सरस्वतीले मदिराले मातिएका पतिले तातो खोले खन्याई दिएपछि न्यायका लागि आज प्रहरी कार्यालयमा पुगेकी छिन् । छिमेकी महिलासँगै इलाका प्रहरी कार्यालय सिमरा आएकी सरस्वतीले पतिबाट लगातार हिंसा भोग्दै आएको गुनासो पोखिन् । सरस्वतीले पतिविरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएकी छिन् । तीन सन्तानकी आमा सरस्वतीले दुई छोरी र एक छोरामाथिसमेत अत्याचार गर्ने गरेको भन्दै पतिको अत्याचारको सहन नसकेर १७ वर्षकै उमेरमा एक वर्षअघि जेठी छोरीको विवाह गरिदिएको बताइन् । आर्थिक अवस्था दयनीय भएका कारण घर चलाउन मजदुरी गर्दै आएकी सरस्वतीले शनिवार साँझ पनि घर बनाउने ठाउँमा ईंट्टा बोकेर फर्केकी थिइन् । रासस - @onlinekhabar,
Posted on: Sun, 01 Dec 2013 18:31:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015