साउदीको जंगलमा १७ नेपाली - TopicsExpress



          

साउदीको जंगलमा १७ नेपाली अलपत्र ******************************** ८ साउन, काठमाडौं । काठमाडौंको मित्रनगरमा रहेको शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.बाट साउदीअरब गएका १७ जना नेपाली त्यहाँको जंगलमा अलपत्र परेका छन् । यही साउन ४ गते शुक्रबार विहान काठमाडौंबाट साउदी उडेका १७ जना नेपालीहरुले फोन गरेरर आफूहरु अलपत्र परेकेा बताएका हुन् ।१७ जना मध्येका डुकबहादुर रानाले आफूहरुलाई पठाएको कम्पनी वेटमिल लिमिटेड तीन महिना अघि नै बन्द भइसकेको त्यहाँ पुगेपछि थाहा भएको बताए । शुभम ओभरसिज इम्प्लोइमेन्टले प्रति ब्यक्ति एक लाख तीस हजार लिएको पनि सो म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको भन्दै उनीहरुले नेपाल फर्काइदिन आग्रह गरेका छन् । अर्का नेपाली बसन्तप्रसाद पौडेलले आफूहरु भएको कम्पनीको मालिक पाकिस्तानी भएको भन्दै ऊ त्यहाँबाट भागेर पाकिस्तान गइसकेको बताए । उनले भने-हामीले यहाँ आएर सबै कुरा बुझ्दा हामी फसिएछौ भन्ने थाहा भयो । कम्पनी बन्द छ हामीले कहाँ काम गर्ने हामीलाई कस्ले तलब दिने केही थहा छैन म्यानपावरले हामीलाई लोभ देखाएर फसायो हाम्रो उद्वार गरिदिनुपर्यो !
Posted on: Wed, 24 Jul 2013 04:07:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015