साफ यू-१६फुटबलको फाइनलमा - TopicsExpress



          

साफ यू-१६फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित ************************************* दुई दशकपछि उपाधि जित्ने मौका गुम्यो १५ साउन, काठमाडौं । नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्ने मौका चुमाएको छ । २० वर्षअघि सिनियर टोलीले ढाकामा भएको साफमा स्वर्ण जितेपछि नेपालले अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । सन् १९९३ मा नेपालले भारतलाई हराउँदै फुटबलको स्वर्ण जितेको थियो । घरेलु मैदानमा भएको साफ यू-१६ च्याम्पियनसिप प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको नेपालले उपाधि जित्नेमा धेरै आशावादी थिए । तर, भारतसँथ १-० ले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । यससँगै सिनियर टिममा दबदवा कायमै गर्दै आएको भारत उमेर समूहमा पनि च्याम्पियन भएको छ । सिनियर टिममा ७ संकरण सम्पन्न हुँदा भारतले ५ पटक उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतको जितमा १८ औं मिनेटमा जेरीले निणर्ायक गोल गरे । खेलको ७० औं मिनेटमा भारतीय खेलाडी वान भर्सेज वानमा चुक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो । खेलको ८४ औं मिनेटमा नेपालका विमल घर्ती मगर वान भर्सेज वानमा चुक्दा नेपाल बराबरी गर्नबाट बन्चित भयो । खेलको अन्तिममा अनन्त तामाङको प्रहार भारतीय गोलरक्षकले पन्च गरेपछि नेपाल घरेलु मैदानमा भारतलाई उपाधि सुम्पन बाध्य भयो
Posted on: Tue, 30 Jul 2013 12:50:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015