सिरकले छोपेर बालिका - TopicsExpress



          

सिरकले छोपेर बालिका बलात्कार मोरंग जिल्लाको लेटाङमा एक २१ बर्सिय युवकले आफ्नै छिमेकी दुई बालिकालाई उनीहरूकै घरमा बलात्कार गरेकाछन् । बलात्कार गर्ने युबकको नाम जीवन बराल रहेको र उनि ट्रयाक्टर सहचालक भएको प्रहरीले जनाएको छ । दुवै बालिका एउटै कोठामा भेला भएर खेलिरहेको अवस्थामा उक्त युवकले मार्ने धम्कि दिदै सिरकले छोपेर दुबैलाई बलात्कार गरेका थिए । १ कक्षा र नर्सरीमा पढ्ने ति बालिकाहरुको आमाहरु मजदुरी गर्न बाहिर गएको मौका छोपेर बरालले उनीहरूकै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । दुवै बालिकाका बुवाहरु भने रोजगारीका लागि विदेश गएका छन् । बलात्कार गर्ने बराललाई प्रहरीले नियन्त्रणमा लिईसकेको र आवश्यक अनुसन्धान गरिरहेको लेटाङ प्रहरीले जनाएको छ ।
Posted on: Fri, 13 Sep 2013 04:19:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015