संघीय लिम्बुवनका - TopicsExpress



          

संघीय लिम्बुवनका कार्यकर्ताले गाडी जलाए सन्तोष रुचाल २९ कात्तिक, धनकुटा । जिल्लाको ६ नं. बुधवारेबाट सब्जी बोकेर धरानतर्फ गईरहेको महेन्द्रा पिकअप जिपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले आगजनी गरेका छन् । ६ नं. बुधवारेबजारबाट सब्जी लिएर धरानतर्फ जाँदै गरेको को.१च. १९९१ नम्बरको महेन्द्रा पिकअपमा गयराति बसन्तटार-२ एसपीमोडमा रोकेर लिम्बुवानका कार्यकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताउनुभयो । लिम्बूवानले गरेको आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षाति पुगेको प्रहरीले बताएको छ । गाडी जलाएको आरोपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका जिल्ला सदस्य ४० वर्षीय कबिर लिम्बूलाई घटनास्थलबाटै इलाका प्रहरी कार्यालय राजारानीको टोलीले पक्राउ गरेको छ । उनलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटात ल्याइएको डिएसपी कार्कीले बताउनुभयो ।
Posted on: Fri, 15 Nov 2013 10:51:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015