सबैभन्दा धेरै क्षेत्री, - TopicsExpress



          

सबैभन्दा धेरै क्षेत्री, राईको जनसंख्या घट्यो राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा १२५ जातजाति रहेको देखिएको छ । २०५८ सालको जनगणनामा कूल जनसङ्ख्याको १५ दशमलव ८ प्रतिशत रहेको क्षत्रीको जनसङ्ख्या यस जनगणनामा केही वृद्धि भई १६ दशमलव ६ प्रतिशत पुगेको छ । विगतको जनगणनामा क्षत्रीको जनसङ्ख्या ३५ लाख ९३ हजार ४९६ रहेकामा अहिले आठ लाख चार हजार ६८३ वृद्धि भई ४३ लाख ९८ हजार १७९ पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तथ्याङ्कअनुसार पहाडी ब्राहृमणको जनसङ्ख्या २०५८ सालमा १२ दशमलव २ प्रतिशत अर्थात २८ लाख ९६ हजार ४७७ रहेकामा अहिले १२ दशमलव ७ प्रतिशत अर्थात ३ लाख ३० हजार ४२६ ले वृद्धि भई ३२ लाख २६ हजार ९०३ पुगेको छ । हाल मगरको जनसङ्ख्या १८ लाख ६८७ हजार ७३३ रहेको छ भने २०५८ को जनगणनामा १६ लाख २२ हजार ४२१ थियो । तराईको थारुको जनसङ्ख्या यसअघिको जनगणनामा १५ लाख ३३ हजार ८७९ थियो भने हाल दुई लाख तीन हजार ५९१ ले वृद्धि भई १७ लाख ३७ हजार ४७० पुगेको छ । यसैगरी पहाडी तामाङ जातिको हालको जनसङ्ख्या १५ लाख ३९ हजार ८३० पुगेको छ । यसअघि तामाङ समुदायको कूल जनसङ्ख्या १२ लाख ८२ हजार ३०४ थियो । साथै देशभरि छरिएर रहेका नेवार जातिको हाल जनसङ्ख्या १३ लाख २१ हजार ९३३ छ भने यसअघि १२ लाख ४५ हजार २३२ थियो । कामीको आठ लाख ९५ हजार ९५४ बाट १२ लाख ५८ हजार ५४४ पुगेको छ भने मुसलमानको नौ लाख ७१ हजार ५६ जनाबाट ११ लाख ६४ हजार २५५ पुगेको छ । विभागका अनुसार तराईका यादवको १० वर्षको अवधिमा एक लाख ५९ हजार ३५ जनाले वृद्धि भई १० लाख ५४ हजार ४५८ पुगेको छ भने राईको कूल जनसङ्ख्या १५ हजार १४७ घटेर हाल ६ लाख २० हजार चार छ । जनसङ्ख्या घटेको राई जाति मात्र छन् भने सबैभन्दा कम कुसुण्डा जातिको जनसङ्ख्या २७३ जना मात्र रहेको केन्द्रीय तथ्याङ्क विभागका अधिकृत दामोदर दाहालले जानकारी दिनुभयो । रासस
Posted on: Mon, 08 Jul 2013 03:26:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015