सुतेका एमाले - TopicsExpress



          

सुतेका एमाले कार्यकर्तामाथि वाईसीएल आक्रम रोल्पा, मंसिर १ - चुनावी प्रचारमा हिडेका एमाले कार्यकर्तामाथि एमाओवादीका वाईसीएलले आक्रमण गरेका छन् । पश्चिमी रोल्पाको नुवागाउँमा शुक्रबार राति १२ बजेतिर भएको वाइसिएलको आक्रमणबाट एमालेका दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । क्षेत्र नं. २ को नुवागाउँ एमालेको पकड क्षेत्र मानिन्छ । दिनभरको चुनावी प्रचार सकेर सुतेका थालेका एमाले कार्यकर्तामाथि अचानक आक्रमण भएको एमालेले जनाएको छ । खाना खाएर केही कार्यकर्ता सुतिसकेपछि २ सय भन्दा बढीको संख्यामा आएका वाइसिएलले आक्रमण गर्दा केही कार्यकर्ता गम्भीर घाइते भएको एमाले नुवागाउँ अध्यक्ष लोकबहादुर बुढाले बताए । घाइतेमध्ये ४ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि दाङको घोराहीतर्फ लगिएको छ । प्रहरीका अनुसार घाइते हुने एमाले कार्यकर्ताहरुमा भुवन बुढा र तिलक परियार लगायतका छन् । अन्य कार्यकर्तालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको उनले बताए । । प्रहरी नायब उपरीक्षक ओमबहादुर रानामगरले प्रहरी समयमै पुगेकाले अवस्था नियन्त्रणमा आएको बताए । एमालेको पकड क्षेत्र नुवागाउ लगायतका क्षेत्रलाई प्रभावित गर्न केही समय यता ठूलो संख्यामा एमाओवादीका कार्यकर्ता नुवागाउँमा बस्दै आएको एमालेले बताएको छ । नुवागाउँस्थित एक स्थानीयका अनुसार झडपका क्रममा वाईसीएलले केही फायर पेस्तोल समेत फायर गरेको सुनेको बताए । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको बताएको छ । एमाओवादीका क्षेत्रीय सदस्य पूर्ण केसीले घटना बारेमा जानकारी आउन बाँकी रहेको बताए । एमाले अध्यक्ष हरिप्रसाद घर्तीमगरले एमाओवादीले हारको मानसिकतामा हिंसा मच्चाउन थालेेको बताए । एमालेका जिल्ला सदस्य समेत रहेका लोकबहादुर बुढाले एमाओवादीका कार्यकर्ताले नुवागाउँमा एमाले समर्थकलाई तर्साउँदै आएका र कतिपय स्थानमा उमेदवारका पोष्टर च्यातिदिएको आरोप लगाए । नुवागाउस्थित अरनिको उमावि वरपरका पसल र घरहरुमाथि वाइसिएलले ढुंगामुढा गर्दा सामान्य क्षति पुगेको छ । केही दिन यता नुवागाउमा एमाले युवाहरुले मार्च पास गर्दै आएका थिए । नुवागाउँमै वाइसिएलले पनि ठूलो संख्यामा आफ्ना कार्यकर्ता भित्र्याएपछि झडपको अवस्था आएको हो । चुनाव वहिस्कारमा लागेको माओवादीले उत्तरी रोल्पाका कुरेली, मिरुल, जंकोट, जिनाबाङ, कोटगाउ, घर्तीगाउ, थबाङ, राङ्कोट लगायतका गाउ प्रभावित बनाएकाले एमाओवादीले एमाले पडक रहेका दक्षिणका गाउमा आफ्ना कार्यकर्ता र युवा शक्ति वाईसीएल केन्द्रित गरेको हो । अघिल्लो महिना पार्टी प्रचारमा थबाङ पुगेकी रोल्पा २ की एमाओवादी उमेदवार ओनसरी घर्तीसहितको टोलीलाई थबाङबाट माओवादीले लखेटेका थिए । स्रोतका अनुसार उत्तरी क्षेत्रबाट आफ्नो मत प्राप्त गर्न माओवादी अवरोधका कारण असंभव भएपछि दक्षिणमा झडकको अवस्था सिर्जना गर्ने एमाओवादीको रणनीति रहेको छ ।
Posted on: Sat, 16 Nov 2013 05:03:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015