....०६४ सालको संविधानसभा - TopicsExpress



          

....०६४ सालको संविधानसभा चुनावमा गहिरो पराजय र माओवादीको उदयपछि एमाले मूलत: क्रिया होइन, प्रतिक्रियाको राजनीतिमा सीमित भयो । एकपछि अर्का वैचारिक अकर्मण्यताले एमालेको पहिचान ‘हो पनि, होइन पनि’ भयो । अहिले भोट–बैंकका रूपमा एमालेसँग न जनजाति छ न मधेसी, न आदिवासी न त मैलो जनता । ....माक्र्सवाद मूलत: समाजको वैज्ञानिक अध्ययन हो र दर्शनमा यसको मूल विशेषता यही हो । तर, सबैभन्दा धेरै विकासे बुद्धिजीवी भएको एमालेले सामाजिक अध्ययनको आवश्यकता नै देखेन । नेपाली समाजका नयाँ संकट र सम्भावनालाई उसले वेलैमा चिन्न सकेन । जाति, क्षेत्र, लिंग, वर्ण र सम्प्रदायसँग जोडिएका गम्भीर प्रश्न जति एनजिओहरूको जिम्मा लगाएर ऊ सिंहदरबारमा सीमित भयो । आखिर तिनै एनजिओले उसलाई सिंहासनबाट उतारे । ....अशोक राई र रामचन्द्र झाको बहिर्गमनलाई अवसरवाद मानेर आत्मप्रचारमा मग्न पार्टीमा बहसको प्रवेश सजिलो पक्कै छैन । एमालेमा दर्शन होइन, चुट्किला हाबी छ । पर्शुरामदेखि दिनेश चरीसम्मका प्रकरणमा संकोच कमजोरी मानिन्छ, बेशर्मी बहादुरी । पार्टीलाई तुक्का–फुक्काको सजिलोबाट निकालेर बहसको अप्ठेरोमा लैजान कति कमरेडहरूले आँट गर्लान् कुन्नि ? – "कमरेड, चुट्किला प्यारो कि बहस ?" शीर्षकको कृष्णज्वाला देवकोटाको लेखको केही अंशहरु ।
Posted on: Thu, 18 Jul 2013 01:37:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015