बिहारमा रेलले किच्दा ३५ - TopicsExpress



          

बिहारमा रेलले किच्दा ३५ को मृत्यु ३ भदौ, काठमाडौं । भारतको बिहारस्थित खगडिया जिल्लामा किचेर ३५ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोसितले दुई ट्रेनमा आगजनी गरेका छन् भने केही रेलकर्मीलाई बन्धक बनाएका छन् । बिहारका अतिरिक्त पुलिस महानिर्देश के भारद्वाजले दुर्घटनामा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । दुर्घटना खगडिया र सहरसा जिल्लाको सीमास्थित धमाराघाट स्टेशनमा स्थानीय समय अनुसार विहान ९ बजे भएको हो । कात्यायनी पूजाका कारण मानिसहरु ठूलो संख्यामा जम्मा भएका थिए । उनीहरुमध्ये दर्जनौंलाई राज्यरानी एक्सप्रेस रेलले किचेको थियो । स्थानीयका रेनले न हर्न बजायो न गति कम गर्‍यो ।
Posted on: Mon, 19 Aug 2013 15:07:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015